+
+
Shares

निर्माण व्यवसायीले काम र कर्मचारीले समयमै निर्णय नगर्दा राज्यलाई घाटा : मन्त्री घिसिङ

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ७ गते १८:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले निर्माण व्यवसायीले ठेक्काको काम नगर्दा र कर्मचारीले जिम्मेवारी समयमै नलिँदा राज्यलाई ठूलो नोक्सानी भएको बताए।
  • मन्त्री घिसिङले आयोजनामा प्राविधिक दक्षता नदेखिनु र निर्णय ढिलाइले आयोजना कार्यान्वयनमा जटिलता आएको उल्लेख गर्नुभयो।
  • घिसिङले समयमै आयोजना सम्पन्न नहुँदा रोजगारी, उत्पादकत्व र कुल गार्हस्थ उत्पादनमा लाभ नपुगेको बताउनुभयो।

७ मंसिर, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले निर्माण व्यवसायीले आफूले लिएका ठेक्काको काम नगर्दा र कर्मचारीले आफ्नो जिम्मेवारीको निर्णय समयमै नगरिदिँदा राज्यले ठूलो नोक्सानी बेहोरिरहनु परेको बताएका छन् ।

नेपाल इन्जिनियरिङ परिषद्ले आइतबार ललितपुरमा गरेको कार्यक्रममा मन्त्री घिसिङले पूर्वाधार क्षेत्रमा प्राविधिक दक्षता देखाउन नसक्दा र समयमै निर्णय नगर्दा आयोजना कार्यान्वयनमा जटिलता देखिएको बताए ।

आयोजना समयमा सम्पन्न हुन नसक्दा त्यसबाट प्राप्त रोजगारी सिर्जना, उत्पादकत्व, कुल गार्हस्थ उत्पादनमा योगदानजस्ता लाभ प्राप्त हुन नसकेको घिसिङले उल्लेख गरे ।

‘धेरै आयोजनामा काम नहुने निर्माण व्यवसायीका कारणले मात्र नभएर आयोजनाका तर्फबाट गर्नुपर्ने निर्णय समयमै नहुँदा पनि समस्या देखिएको छ, निर्णय नै गर्न नखोज्ने र गर्नै परे पनि डराउने प्रवृत्ति देखिएको छ, इन्जिनियर कमजोर बन्दा ठेक्का सम्झौता प्रभावित हुने देखिएको छ, ठेक्का व्यवस्थापन र नेतृत्वमा रहेकाले कानुनी रुपमा पुष्टि हुने गरी शीघ्र निर्णय गर्नुपर्दछ’,घिसिङले भने ।

इन्जिनियहरू आफ्नो प्राविधिक विषयभन्दा पनि विकास आयोजनामा सामाजिक तथा वातावरणीय विषय सम्हाल्नमै बिताउनु पर्ने अवस्था रहेको घिसिङले उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?