+
+
Shares

सालपा विकास बैंकले पायो आईपीओको स्वीकृति

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ८ गते १८:३५

८ मंसिर, काठमाडौं । नेपाल धितोपत्र बोर्डले सालपा विकास बैंकलाई प्राथमिक सेयर (आईपीओ) निष्कासनका लागि अनुमति दिएको छ ।

बोर्डले कम्पनीलाई १७ लाख २३ हजार ८८० कित्ता सेयर निष्कासनका लागि अनुमति दिएको छ । सर्वसाधारण समूहमा यो सेयर निष्कासन हुनेछ ।

निष्कासन तथा बिक्री प्रवन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ । अंकित मूल्य १ सयका दरले सेयर निष्कासन हुनेछ । यो विकास बैंक समूहको कम्पनी हो ।

कम्पनीले कुल ५२ लाख २३ हजार ८८० कित्ता सेयर निष्कासन गर्नेछ । जसमा सर्वसाधारण समूहको हिस्सा ३३ र संस्थापकको हिस्सा ६७ प्रतिशत हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?