News Summary
Generated by OK AI. Editorially reviewed.- भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका र नमोबुद्ध नगरपालिकाका बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्नुभएको छ।
- मन्त्री घिसिङले रोशी नदीले क्षति पुर्याएका संरचनाको पुनर्निर्माणलाई प्राथमिकतामा राखी काम अगाडि बढाइने बताउनुभएको छ।
- बाढीले झोलुङ्गे पुल बगाएको र फलामेसाँघुको पक्की पुल नष्ट हुने जोखिम रहेको हुँदा मन्त्रालयले बजेट विनियोजनका लागि प्रस्ताव पठाइसकेको छ।
१२ मंसिर, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले गत वर्षको असोजमा अविरल वर्षासँगै आएको बाढी पहिरोले क्षति पुर्याएको काभ्रेपलाञ्चोक रोशी गाउँपालिका र नमोबुद्ध नगरपालिकाका विभिन्न वडाको स्थलगत निरीक्षण गरेका छन् ।
बाढीका कारण त्यस क्षेत्रका सडक एवम् पुल, खानेपानी, स्वास्थ्य चौकीलगायतमा क्षति पुगेको तर पुनर्निर्माण हुन नसकेको गुनासो आएपछि शुक्रबार मन्त्री घिसिङ सडक विभागका महानिर्देशक, स्थानीय पूर्वाधार विकास विभाग महानिर्देशक, सिँचाइ डिभिजन प्रमुख लगायतको टोलीसहित निरीक्षणमा गएका हुन् ।
मन्त्री घिसिङले रोशी नदीले क्षति पुगेका संरचनाको पुनर्निर्माणलाई प्राथमिकतामा राखी काम अगाडि बढाइने बताए । अहिलेको सरकारको प्राथमिकता चुनाव गराउने रहेको उल्लेख गर्दै उनले प्रभावकारी सेवा प्रवाह, विपद् प्रभावित क्षेत्रको पुनर्स्थापना एवम् पुनर्निर्माण छिटोभन्दा छिटो सम्पन्न गर्न बजेट विनियोजन गरी काम भइरहेको बताए ।

गत वर्ष अविरल वर्षासँगै आएको बाढीपहिरोले रोशी गाउँपालिका–१, २ र ३ र नमोबुद्ध गाउँपालिका–८ र ९ र महाभारत तथा खानीखोला गाउँपालिका जोड्ने फलामेसाँघुको पक्की पुलको दायाँबायाँ सडकमा क्षति पुर्याएको थियो । त्यस क्षेत्र नदी किनार संरक्षण नगरेमा पुल नै बगाउन सक्ने जोखिम छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले विपद्मा राखेर उक्त कार्य अगाडि बढाउन अर्थ मन्त्रालयमा बजेट सहमतिका लागि प्रस्ताव पठाइसकेको छ । बाढीले त्यहाँस्थित झोलुङ्गे पुल बगाएको थियो । पुल नहुँदा वर्षातको सयमा त्यस क्षेत्रको आवतजावत अवरुद्ध हुने गरेको छ । बाढीले दश शैयाको आधारभूत अस्पताल पूर्ण रुपमा बगाएको थियो ।
नमोबुद्ध नगरपालिकाका प्रमुख कुन्साङ लामाले संघीय र प्रदेश सरकारले विपद् प्रभावित संरचनाको पुनर्निर्माणमा बजेट अभाव हुन नदिने बताएको तर सोबमोजिम काम काम हुन नसकेको उल्लेख गरे ।
प्रतिक्रिया 4