+
+
Shares

ओलीको पक्षमा उभिए एमालेका ७ पदाधिकारी

एमालेका उपाध्यक्षहरू रामबहादुर थापा र विष्णुप्रसाद पौडेल, उपमहासचिव पृथ्वीसुब्बा गुरूङ, सचिवहरू लेखराज भट्ट, रघुवीर महासेठ, छविलाल विश्वकर्मा र पद्मा अर्याल अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्वलाई निरन्तरता दिनुपर्ने पक्षमा उभिएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १२ गते १६:२२

१२ मंसिर, काठमाडौं । नेकपा एमालेका ७ जना पदाधिकारीहरू अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्वलाई निरन्तरता दिनुपर्ने पक्षमा उभिएका छन् ।

उनीहरूको आज शुक्रबार भएको अनौपचारिक छलफलबाट नेतृत्वको निरन्तरतामा उभिने निष्कर्ष निकालेका हुन् । १८ सदस्यीय सचिवालयमा ७ जनाले नेतृत्वमा ओलीको विकल्प खोज्न नहुने बताएका हुन् ।

जसमा उपाध्यक्षहरू रामबहादुर थापा र विष्णुप्रसाद पौडेल, उपमहासचिव पृथ्वीसुब्बा गुरूङ, सचिवहरू लेखराज भट्ट, रघुवीर महासेठ, छविलाल विश्वकर्मा र पद्मा अर्याल रहेका छन् ।

मुलुकमा विद्यमान सङ्कटपूर्ण परिस्थितिलाई मध्यनजर गर्दै सुदृढ पार्टी एकताको पक्षमा योगदान गर्न सम्बद्ध सबैसँग आग्रह पनि गरेका छन् ।

एक पदाधिकारीका अनुसार, नेतृत्व निर्माणका लागि सर्वसम्मतिको पहल गर्ने निष्कर्ष पनि उनीहरूले निकालेका छन् ।

एमालेको ओली पक्षमा  उपाध्यक्ष गुरु बराल, महासचिव शंकर पोखरेल, उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल निरन्तर रहँदै आएका थिए । तर अन्य पदाधिकारी मध्ये को कुन पक्षमा जाने हुन् अस्पषट भइरहेका बेला अन्य सात जनाले पनि आफ्नो कित्ता ओलीतर्फ नै सोझ्याएका हुन् ।

एमालेको मंसिर २७ मा हुने  ११ औं महाधिवेशनका लागि अध्यक्षमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले उम्मेदवारी घोषणा गरिसकेका छन्  । उनलाई पूर्वराष्ट्रपति समेत रहेकी पूर्व उपाध्यक्ष विद्यादेवी भण्डारीले समर्थन गरेकी छन् । एमालेमा  हाल रहेका पदाधिकारीहरु मध्ये  उपाध्यक्षहरू सुरेन्द्र पाण्डे, युवराज अष्टलक्ष्मी शाक्य, सचिवहरु गोकर्ण विस्ट र योगेश भट्टराईले नेतृत्वको विकल्प खोज्नुपर्ने बताउँदै आएका छन् । उनीहरू ईश्वर पोखरेलको पक्षमा उभिन सक्छन् ।  तर स्पष्ट रुपमा खुलेका छैनन्  । यसअघि बसेका एमालेको पदाधिकारी र केन्द्रीय कमिटी बैठकमा उनीहरुले ओलीको नेतृत्वको निरन्तरता हुन नहुने भन्दै विकल्पमा जानुपर्ने धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?