+
+
WC Series
पोखरा एभेन्जर्स 2025
0/0
VS
काठमान्डु गोर्खाज 2025
54/3 (9.4)
Shares

उम्मेदवारी घोषणा गर्दै पोखरेलले ओलीलाई सम्झाए आन्तरिक लोकतन्त्र

‘पार्टीको आन्तरिक लोकतन्त्र सम्बन्धी आफैंले अघि सारेका मान्यतालाई सम्मान गर्दै पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीले नेतृत्व हस्तान्तरणमा सकारात्मक भूमिका निर्वाह गर्नुहुनेछ भन्ने अपेक्षा लिएको छु,’ पोखरेलले भनेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ९ गते १६:५७

९ मंसिर, काठमाडौं । पार्टीभित्र नेतृत्वको विषय सघन छलफल भइरहँदा नेकपा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्ष पदको उम्मेदवारी घोषणा गरेका छन् ।

मंगलबार विज्ञप्ति जारी गर्दै पोखरेलले अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण र सार्वजनिक अभिव्यक्तिका कारणले पहिलेबाटै एमाले बहसमा थियो । पछिल्लोपटक बसेको सचिवालय बैठकमै पोखरेलले आफू अध्यक्षमा लड्ने जानकारी गराएका थिए ।

एमालेको एघारौं महाधिवेशन यही मंसिर अन्तिम साता काठमाडौंमा हुँदैछ ।

यसैबीच पोखरेलले मंगलबार उम्मेदवारी घोषणा गर्दै अध्यक्ष केपी शर्मा ओलीलाई आन्तरिक लोकतन्त्र सम्झाएका छन् ।

‘पार्टीको आन्तरिक लोकतन्त्र सम्बन्धी आफैंले अघि सारेका मान्यतालाई सम्मान गर्दै पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीले नेतृत्व हस्तान्तरणमा सकारात्मक भूमिका निर्वाह गर्नुहुनेछ भन्ने अपेक्षा लिएको छु,’ पोखरेलले भनेका छन्, ‘अभिभावकीय भूमिकामार्फत सहज निकासका लागि पार्टी अध्यक्ष कमरेडलाई अनुरोध गर्दछु ।’

महाधिवेशन समक्ष प्रस्तुत गर्ने राजनीतिक तथा सांगठानिक दृष्टिकोणको विस्तारित दस्तावेज पनि सार्वजनिक गर्ने उनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?