+
+
WC Series
कर्णाली याक्स 2025
52/1 (8.6)
VS
विराटनगर किंग्स 2025
0/0
Shares

आधिकारिक पत्र नआएसम्म वार्तामा नबस्ने विशेष महाधिवेशन पक्षधरको निर्णय

‘पार्टीले हामीलाई अफिसियल्ली पत्र व्यवहार गरेकै छैन । हामीले पार्टीलाई अफिसियल व्यवहार गरेका छौं,’ घिमिरेले भने, ‘त्यसकारण अनअफिसियल व्यवहारलाई हामी सम्मान गर्छौं । तर, हामी सहभागी हुँदैनौँ ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १२ गते १६:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशन पक्षधरलाई वार्ताका लागि शनिबार बिहान साढे ८ बजे बोलाएका छन्।
  • विशेष महाधिवेशन पक्षधरले मौखिक निमन्त्रणालाई स्वीकार नगर्ने निर्णय गरेका छन् र अफिसियल पत्र व्यवहार नभएको बताएका छन्।
  • कांग्रेसको १४औं महाधिवेशनका ५४ प्रतिशत प्रतिनिधिले २९ असोजमा विशेष महाधिवेशनको लिखित माग बुझाएका थिए र माग अनुसार महाधिवेशन २८ पुसभित्र आह्वान गर्नुपर्छ।

१२ मंसिर, काठमाडौं। नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशन पक्षधरलाई वार्ताका लागि बोलाएका छन् ।

सभापति शेरबहादुर देउवासँग शुक्रबार भएको छलफलपछि उनले विशेष महाधिवेशन पक्षधरलाई वार्ताका लागि बोलाएका हुन् ।

विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान सञ्चालन गर्ने नेतामध्येका एक गुरूराज घिमिरेले वार्ताका लागि कार्यवाहक सभापति खड्काले बोलाएको पुष्टि गरे ।

उनका अनुसार कार्यवाहक सभापति खड्काले विशेष महाधिवेशन पक्षधरलाई शनिबार बिहान साढे ८ बजेका लागि वार्तामा बोलाएका थिए ।

तर, विशेष महाधिवेशन पक्षधरले भने मौखिक रूपमा गरिएको वार्ताको निमन्त्रणालाई स्वीकार नगर्ने निर्णय गरेको नेता घिमिरेले जानकारी दिए ।

‘पार्टीले हामीलाई अफिसियल्ली पत्र व्यवहार गरेकै छैन । हामीले पार्टीलाई अफिसियल व्यवहार गरेका छौं,’ घिमिरेले भने, ‘त्यसकारण अनअफिसियल व्यवहारलाई हामी सम्मान गर्छौं । तर, हामी सहभागी हुँदैनौँ ।’

कार्यवाहक सभापति खड्काले वार्ताका लागि बोलाएपछि आफूहरू बैठक बसेको र बैठकबाट वार्तामा सहभागी नहुने निर्णय गरेको उनले बताए।

कांग्रेसको १४औं महाधिवेशनका झण्डै ५४ प्रतिशत प्रतिनिधिले २९ असोजमा कार्यबाहक सभापति खड्कालाई विशेष महाधिवेशनको लिखित माग बुझाएका थिए।

विधानअनुसार माग भएको तीन महिनाभित्र महाधिवेशन आह्वान गर्नुपर्छ । विशेष महाधिवेशनको लागि माग गरिएको समयावधि २८ पुसमा सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?