News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले २६ भदौको राति देश डुब्यो–डुब्यो भन्ने अवस्था देखेर आएको बताएका छन्।
- प्रचण्डले राष्ट्रपतिलाई ढाडस दिँदै अन्तरिम सरकार बनाएर संविधान बचाउन सफल भएको बताएका छन्।
- उनीहरूले २१ फागुनको निर्वाचनतर्फ मुलुक उन्मुख भईरहेको र त्यो अवस्था सहज नभएको उल्लेख गरेका छन्।
१२ मंसिर, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले गत २६ भदौको राति देश डुब्योडुब्यो भन्ने अवस्था देखेर आएको बताएका छन् ।
कैलालीको धनगढीमा शुक्रबार आयोजित एकता सन्देशसभालाई सम्बोधन गर्दै प्रचण्डले संविधान च्यातिने, गणतन्त्र मासिने अवस्था नजिक पुगेर मुलुक फर्किएको बताएका हुन् ।
‘अहिले मुलुक २१ फागुनको निर्वाचनतर्फ उन्मुख भइरहेको छ । यो अवस्था आउन सहज थिएन । २६ गतेको राति देश डुब्यो–डुब्यो भन्ने देखेर आयौं,’ उनले भने, ‘ज्ञानेन्द्र शाहलाई नारायणहिटीमा आजै हुल्ने तयारी छ, दरबारको सरसफाइ गरिँदैछ, राष्ट्रपतिलाई राजीनामा गर्न दबाब दिइएको छ, राष्ट्रपतिले बरु म मर्छु राजीनामा दिन्न भनेका छन् भन्ने हल्ला एकातिर थिए । अर्कोतिर तुरुन्तै गणतन्त्र खारेज गर, संविधान खारेज गर भन्ने आवाज पनि सुनिएका थिए । त्यस्तो अवस्थाबाट मुलुक अहिले निर्वाचनउन्मुख भएको छ ।
प्रचण्डले अन्तरिम सरकार निर्माणलगायतका निर्णयमा राष्ट्रपतिलाई आफू र माधवकुमार नेपालले ढाडस दिएको पनि बताए ।
‘२४ भदौपछि हामी त्यस्तो ठाउँमा थियौं, जहाँबाट जनतालाई अपिल गर्न सकिने अवस्था थिएन । २६ गते राति राष्ट्रपतिले बोलाएको खबर प्रधानसेनापतिबाट पाएपछि हामी शीतलनिवास पुग्यौं । बिहान ४ बजेसम्म बसेर हामीले पनि भूमिका खेल्यौं । माधवजी र मैले राष्ट्रपतिलाई ढाडस दिने, बल दिने काम गर्यौं । अनि अन्तरिम सरकार बनाएर कम भन्दा कम क्षतिमा संविधान बचाउन सफल भयौं ।’
प्रतिक्रिया 4