News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कम्युनिष्ट पार्टी र जनता समाजवादी पार्टीबीच पार्टी एकता वार्ता सकारात्मक मोडमा पुगेको छ।
- बिहीबार नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा निर्णायक वार्ता हुने नेता प्रकाश ज्वालाले बताए ।
- बुधबार भएको वार्ता सकारात्मक रहेको छिटोभन्दा छिटो निष्कर्षमा पुग्ने सहमति भएको उनले जनाए ।
४ मंसिर, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीबीच एकता प्रयास जारी छ । यही प्रयास अन्तर्गत आज दुवै दलका नेताहरुबिच निर्णायक वार्ता हुने नेताहरुले बताएका छन् ।
दुवै दलका प्रतिनिधिहरूबीच आज विहीबार नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा निर्णायक वार्ता हुने नेता प्रकाश ज्वालाले जानकारी दिए ।
बुधबार भएको वार्ता सकारात्मक रहेको छिटोभन्दा छिटो निष्कर्षमा पुग्ने सहमति भएको उनले जनाए ।
बुधबारको छलफलमा नेकपाकातर्फबाट देव गुरुङ, बेदुराम भूसाल, प्रमेश हमाल, प्रकाश ज्वाला, शक्ति बस्नेत र गिरिराजमणि पोख्रेल सहभागी थिए । यसैगरी जसपाको तर्फबाट वार्ता समिति संयोजक राजेन्द्र श्रेष्ठ, रेनु यादव, रणध्वज कन्दङ्गवा र पर्शुराम बस्नेत सहभगी थिए ।
जसपाभित्र मधेशी दल कि नेकपासँग पार्टी एकता गर्ने भन्ने दुई धार छ ।
प्रतिक्रिया 4