+
+
WC Series
कर्णाली याक्स 2025
160/3 (20)
VS
Biratnagar won by 3 wickets
Won विराटनगर किंग्स 2025
163/7 (19.5)
Shares

गोल्डकप विजेतालाई १३१ केजी अलैँची पुरस्कार   

रासस रासस
२०८२ मंसिर १२ गते १४:४१
फाइल तस्वीर

१२ मंसिर, ताप्लेजुङ । ताप्लेजुङमा सम्पन्न भएको दोस्रो अन्तर क्लबस्तरीय आमन्त्रित पुरुष फुटबल प्रतियोगिताको विजेतालाई एक सय ३१ केजी अलैँची पुरस्कार उपलब्ध गराएको छ ।

बिहीबार भएको फाइनल खेलमा हिमाली तोक्पेगोला युथ क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै गणेशचोक क्लबले सो पुरस्कार हात पार्न सफल भएको हो ।

आयोजक फङ्फङ्देन झरना पर्यटन विकास समितिका अध्यक्ष विजय साँवाका अनुसार फङ्फङ्देन झरना पर्यटन तथा सांस्कृतिक विजेता टिम गणेशचोकले नगद तीन लाख दुई हजार ८२ बराबरको तीन मन ११ किलोग्राम अलैँचीसँगै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

ताप्लेजुङमा बिहीबारको चलनचल्तीको भाउ अनुसारको नगद पुरस्कार बराबरको अलैँची तौलिएर प्रदान गरिएका हो ।

त्यसैगरी, उपविजेता तोक्पेगोला युथ क्लबलाई समेत एक लाख ५० हजार ८२ रुपैयाँ बराबरको अलैँची प्रदान गरिएको छ ।

तोक्पेगोलालाई करिब ६५ किलोग्राम अलैँचीसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको साँवाले बताए ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?