+
+
WC Series
कर्णाली याक्स 2025
149/7 (20)
VS
Kathmandu Gorkhas won by 5 wickets
Won काठमान्डु गोर्खाज 2025
155/5 (17.6)
Shares

बले अभिनित ‘डल्लेले इन्ट्री मार्‍यो’ २७ चैतमा

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १५ गते १२:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सागर लम्साल 'बले' को मुख्य भूमिका रहेको फिल्म 'डल्लेले इन्ट्री मार्‍यो' को प्रदर्शन मिति सार्वजनिक भएको छ।
  • राजु गिरी निर्देशित फिल्मको अधिकांश छायांकन कास्कीको याङ्जाकोट र केही काठमाडौंको गागलफेदी आसपासमा भएको हो।
  • फिल्म उषा फिल्म्स प्रालि को ब्यानरमा निर्माण भएको र नेसनल सिने ग्रुपले वितरण गर्नेछ।

काठमाडौं । सागर लम्साल ‘बले’ को शीर्ष भूमिका रहेको फिल्म ‘डल्लेले इन्ट्री मार्‍यो’ को प्रदर्शन मिति तय भएको छ । निर्माताले सोमबार पोस्टर सार्वजनिक गर्दै रिलिज डेटको घोषणा गरेका हुन् ।

राजु गिरी निर्देशित फिल्मको पोस्टरले फिल्मको कथावस्तुबारे संक्षिप्त संकेत गर्छ । कुलतमा युवापुस्ता फस्दा आउने सामाजिक असरको कथा यो फिल्ममा छ । पोस्टर बलेलाई मात्र देख्न सकिन्छ ।

अधिकांश छायांकन कास्कीको याङ्जाकोट र केही काठमाडौंको गागलफेदी आसपासमा भएको हो । पटकथा र संवाद लक्ष्मण सुवेदीले लेखेका हुन् ।

फिल्ममा रोशनी खड्का, रमेश बुढाथोकी, हेमन्त बुढाथोकी, रवीन्द्र झा, कैलाश रावत, विशाल पहाडी, ध्रुव कोइराला, सावित्रा चिलुवाल, आशा पौडेल, लक्ष्मीनाथ तिमिल्सिना, ओसिन भट्टराई लगायतको अभिनय छ ।

यो फिल्म फिल्म उषा फिल्म्स प्रालि को ब्यानरमा निर्माण भएको हो भने वितरण नेसनल सिने ग्रुपले गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?