१५ मंसिर, काठमाडौं । सरकारले विश्वविद्यालय अनुदान आयोगको सचिवमा प्राध्यापक ज्ञानबहादुर थापालाई नियुक्त गरेको छ ।
मन्त्रिपरिषद्को आज बसेको बैठकले थापालाई नियुक्त गरेको हो ।
प्राध्यापक थापा इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसमा गणित विषय पढाउँछन् ।
तत्कालीन केपी ओली नेतृत्वको सरकारले आयोगको सचिव नियुक्तिको प्रक्रिया अगाडि बढाएको थियो तर भागबन्डा नमिल्दा रोकिएको थियो । गत पुसदेखि नै आयोगको सचिव पद रिक्त थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4