News Summary
Generated by OK AI. Editorially reviewed.- अनेरास्ववियुका पूर्वकेन्द्रीय सचिव जुन तामाङ लमजुङबाट नेकपा एमालेको महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन्।
- लमजुङबाट खुला तर्फ पूर्वसचिव सुभाष पौडेल, पूर्वअध्यक्ष कृष्णप्रसाद अधिकारी, जिल्ला सचिवालय सदस्य युवराज अधिकारी र वर्तमान जिल्ला अध्यक्ष राजकुमार विष्ट निर्वाचित भएका छन्।
- महिला तर्फ बेसीसहर नगरपालिकाका उपमेयर पद्मा गुरुङ, गण्डकी प्रदेश सांसद यशोदा रिमाल र अनेमसंघ केन्द्रीय सदस्य लक्ष्मीदेवी अधिकारी चयन भएका छन्।
१५ मंसिर, काठमाडौं । अनेरास्ववियुका पूर्वकेन्द्रीय सचिव जुन तामाङ लमजुङबाट नेकपा एमालेको महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् ।
प्रतिद्वन्द्वी राजेन्द्र अधिकारीलाई हराउँदै उनी महाधिवेशन प्रतिनिधि निर्वाचित भएका हुन् । लमजुङ एमालेमा जनसंगठन प्रमुख रहेका उनी युवा तर्फबाट प्रतिनिधि चयन भएका हुन् ।
लमजुङबाट खुला तर्फ पूर्वसचिव सुभाष पौडेल, पूर्वअध्यक्ष कृष्णप्रसाद अधिकारी, जिल्ला सचिवालय सदस्य युवराज अधिकारी र वर्तमान जिल्ला अध्यक्ष राजकुमार विष्ट निर्वाचित भएका छन्।
महिला तर्फ बेसीसहर नगरपालिकाका उपमेयर पद्मा गुरुङ, गण्डकी प्रदेश सांसद यशोदा रिमाल र अनेमसंघ केन्द्रीय सदस्य लक्ष्मीदेवी अधिकारी चयन भएका छन् । दलिततर्फ हिरालाल विक र नन्दराम विक प्रतिनिधि चयन भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4