+
+
Shares

अपांगता भएका व्यक्तिको पुन: स्थापनामा क्रियाशील हुने प्रधानमन्त्रीको प्रतिवद्धता

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १७ गते ७:०१

१७ मंसिर, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले अपांगता भएका व्यक्तिको पुन: स्थापनामा क्रियाशील रहेको बताएकी छन् । ३४‍औं अन्तर्राष्ट्रिय अपांगता दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले यस्तो बताएकी हुन् ।

‘अपांगता भएका व्यक्तिको शिक्षा, स्वास्थ्य, रोजगारी, सहभागिता, सामाजिक सुरक्षा एवम् पुन: स्थापनामा सहज पहुँचका लागि सरकार क्रियाशील रहेको छ,’ उनले लेखेकी छन्, ‘दिगो विकासको लक्ष्य प्राप्तिको लागि अपांगता भएका व्यक्तिको अपनत्व र नेतृत्वसहितको ऐक्यबद्धतालाई प्राथमिकतामा राखी अपांगता समावेशी विकास र शासन व्यवस्थाको रूपान्तरणलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दछु ।’

अपांगता भएका व्यक्तिले भोगिरहेका भौतिक, दृष्टिकोणजन्य, सञ्‍चारमा रहेका अवरोध, कानुनीलगायत अन्य सबै अवरोधहरू हटाई सबै प्रकारका अपांगता भएका व्यक्तिका लागि सहज, पहुँचयुक्त र सम्मानजनक अवस्थाको सिर्जना गर्नुपर्नेमा उनको जोड रहेको छ ।

अपांगता भएका व्यक्तिको स्वावलम्बी र आत्मनिर्भर जीवनका लागि अपांगता रोकथाम तथा पुन: स्थापनालगायत रोजगार तथा स्वरोजगारका कार्यक्रममा तीनै तहका सरकारको संयुक्त प्रयासले अपेक्षित उपलब्धि हासिल गर्न सकिनेमा उनी विश्‍वस्त छिन् ।

अपांगता भएका व्यक्तिको क्षेत्रमा कार्यरत सरकारी तथा गैरसरकारी संस्था र सम्बन्धित सबै सरोकारवालाहरूलाई अपांगता भएका व्यक्ति एवम् तिनका अभिभावकको हक, हित, अधिकार, संरक्षण र सुविधाको क्षेत्रमा अझ धेरै कार्य गर्ने प्रेरणा र ऊर्जा मिलोस् भन्‍ने पनि उनको शुभकामना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?