+
+
WC Series
विराटनगर किंग्स 2025
15/2 (2.6)
VS
लुम्बिनी लायन्स 2025
0/0
Shares

लगातार चौथो दिन घट्यो सेयर बजार, फाइनान्समा आकर्षण

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १७ गते १५:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सेयर बजार बुधबार १३.५२ अंकले घटेर २६३१ अंकमा झरेको छ र यो लगातार चौथो कारोबार दिन हो।
  • आज ७४ कम्पनीको मूल्य बढ्दा १७७ कम्पनीको मूल्य घटेको छ र ७ कम्पनीको मूल्य स्थिर रह्यो।
  • फाइनान्स समूह सबैभन्दा धेरै १.५९ प्रतिशतले बढेको छ भने जीवन बीमा समूह १.१८ प्रतिशतले सबैभन्दा धेरै घटेको छ।

१७ मंसिर, काठमाडौं । बुधबार सेयर बजार १३.५२ अंक घटेको छ । योसहित लगातार चौथो कारोबार दिन बजार घटेको हो ।

यो साता आइतबारदेखि बजार निरन्तर ओरालो लागेको छ । आज १३ अंक घटेसँगै नेप्से २६३१ अंकमा झरेको छ । बजार घटे पनि कारोबार रकम बढेको छ । अघिल्लो दिन ४ अर्ब ४८ करोडको कारोबार भएकोमा आज ५ अर्ब २३ करोडको भयो ।

७४ कम्पनीको मूल्य बढ्दा १७७ को घट्यो भने ७ को स्थिर रह्यो । आज फाइनान्स समूह सबैभन्दा धेरे १.५९ प्रतिशत बढ्यो । फाइनान्सका अलवा होटल तथा पर्यटन ०.५२, उत्पादन तथा प्रशोधन ०.२४ प्रतिशत बढे ।

जीवन बीमा सबैभन्दा धेरै १.१८ प्रतिशत घट्यो । बैंकिङ ०.७५, विकास बैंक ०.५७, हाइड्रोपावर ०.५०, लगानी ०.५१, माइक्रोफाइनान्स ०.४८, निर्जीवन बीमा ०.७४, अन्य ०.५१ तथा व्यापार ०.३२ प्रतिशत घटे ।

पाँच कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । १० प्रतिशत बढेका कम्पनीमा सागर डिस्टिलरी, मिथिला लघुवित्त, झापा इनर्जी, स्वस्तिक लघुवित्त र श्रीनगर एग्रिटेक छन् ।

ओम मेगाश्री फर्मास्युटिकल्सको ७.०२, बुङ्गल हाइड्रोपावरको ६.४४, हिमस्टार ऊर्जाको ६.२५, बन्दीपुर केबुलकारको ५.७७ तथा माबिलुङ इनर्जीको ५.०२ प्रतिशत मूल्य बढ्यो ।

सामलिङ पावरको मूल्य सबैभन्दा धेरै २.८५ प्रतिशत घट्यो । आज धेरै कारोबार भएका पाँच कम्पनीमा बन्दीपुर केबुलकार, हिमालयन रिइन्स्योरेन्स, ङादी ग्रुप, ट्रेड टावर तथा सिक्लेस हाइड्रोपावर क्रमशः अगाडि रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?