१८ मंसिर, काठमाडौं । आज मार्ग शुक्ल पूर्णिमाको दिन । नेवार समुदायले ठूलो चाडको रूपमा देशैभरि ‘यमरी पुन्ही’ एवं राष्ट्रिय ज्यापु दिवस मनाइरहेका छन् ।
यमरी पुन्ही पर्वको अवसरमा नेवार समुदायले घरघरमा यमरी अर्थात चामलको पिठोको परिकार पकाएर खाने प्रचलन छ ।
यस वर्षको यमरी पुन्ही एवं राष्ट्रिय ज्यापु दिवसको अवसरमा नेवार समुदायले काठमाडौंको हाँडीगाउँबाट र्याली निकालेका छन् ।
हाँडीगाउँबाट सुरु भएको र्याली टंगाल गणेश, नक्साल भगवती मन्दिर, प्यगं:था, नाग पोखरी, नारायण हिटी, कशर महल, ठँबही त्रिदेवी चोक, ज्याठा, त्य:र, असं, बालकुमारी, केलत्वा:, वंघ:, मरुत्वा, कालभैरव, हनुमान ध्वाका हुँदै बसन्तपुरमा आएर सभामा परिणत भएको थियो ।

प्रतिक्रिया 4