News Summary
Generated by OK AI. Editorially reviewed.- रणवीर सिंहको फिल्म 'धुरन्धर'ले भारतीय बक्सअफिसमा पहिलो दिन २८.६० करोड भारु र दोस्रो दिन ३३.१० करोड भारु कमाएको छ।
- फिल्म 'धुरन्धर'ले दुई दिनमा कुल ६१.७० करोड भारु कमाई गर्दै रणवीरको करिअरमा सबैभन्दा बढी ओपनिङ गरेको छ।
- यो फिल्मले विश्वव्यापी रूपमा ४० करोड भारु कमाएको छ र ५,००० स्क्रिनमा रिलिज भएको थियो।
मुम्बई । फिल्म ‘धुरन्धर’ अभिनेता रणवीर सिंहको करिअरमा सर्वाधिक ओपनिङ गर्ने फिल्म बनेको छ । भारतीय संचारमाध्यमका अनुसार यो फिल्मले शुक्रबार भारतीय बक्सअफिसमा २८.६० करोड भारु नेट कलेक्सन गरेको छ ।
दोस्रो दिन पनि बक्सअफिसमा यसको कमाइमा उछाल देखियो । शनिबार फिल्मले ३३.१० करोड भारु नेट कमाएको छ । फिल्मको दुई दिने कलेक्सन ६१.७० करोड नेट भारु छ ।
साढे ३ घण्टा लामो रनटाइमको बाबजुद पनि दर्शकबाट सकारात्मक प्रतिक्रिया मिलेको कारण फिल्मको ओपनिङ सप्ताहन्त सुखद देखिएको हो ।
यसअघि रणवीरको करिअरमा धेरै ओपनिङ गर्ने फिल्म ‘पद्मावत’ थियो जसले २४ करोड भारु कमाएको थियो । ‘शाम्बा’ को कमाइ २०.७२ करोड भारु र ‘गली ब्वाइ’ ले १९.२६ करोड भारुको ओपनिङ गरेका थिए ।
यति मात्र होइन, ‘धुरन्धर’ रणवीरको अहिलेसम्म विश्व बजारमा सर्वाधिक राम्रो कमाउन फिल्म बनेको छ, जसले विश्वब्यापी ४० करोड भारु कमाउन सक्यो ।
“धुरन्धर’ को चर्चा यति धेरै थियो कि यसले पहिले नै अग्रिम बुकिङमा ९.२३ करोड भारु संकलन गरिसकेको थियो । २८० करोड भारुको बजेटमा बनेको यो फिल्म ५,००० स्क्रिनमा रिलिज भएको थियो ।
यसले रिलिजको पहिलो दिनमै कमाईको हिसाबले अहान पाण्डे र अनित पड्डाको “सैयारा’ लाई उछिनेको छ । धनुष र कृति सेननको “तेरे इश्क में’ लाई बक्सअफिसमा ठूलो चुनौती हुने देखिन्छ ।
प्रतिक्रिया 4