+
+
Shares

आधा घण्टामै रिलायन्सको आईपीओ ‘ओभर सब्सक्राइभ’

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २२ गते १२:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रिलायन्स स्पिनिङ मिल्सको आईपीओ निष्कासन भएको आधा घण्टामै ‘ओभर सब्सक्राइभ’ भएको छ।
  • कम्पनीले वैदेशिक रोजगारीमा गएकाहरूलाई १ लाख १५ हजार ५९६ कित्ता शेयर निष्कासन गरेको छ।
  • आईपीओमा ३६ बैंकबाट १ हजार ९७० लगानीकर्ताले आवेदन दिएका छन् र आवेदन मंसिर २५ सम्म खुला छ।

२२ मंसिर, काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सको आईपीओ निष्कासन भएको आधा घण्टा (साढे १० बजेसम्म) मै ‘ओभर सब्सक्राइभ’ भएको छ । कम्पनीले सोमबारदेखि वैदेशिक रोजगारीमा गएकाहरूलाई १ लाख १५ हजार ५९६ कित्ता शेयर निष्कासन गरेको थियो ।

कम्पनीले सार्वजनिक निष्कासनका लागि छुट्याएको ११ लाख ५५ हजार ९६० कित्ताको १० प्रतिशत कित्ता रोजगारमा रहेकालाई निष्कासन गरेको छ ।

आईपीओ निष्कासन भएको एक घण्टामै १ लाख १८ हजार ३४० कित्ताको लागि आवेदन परेको कम्पनीले जनाएको छ ।

विभिन्न ३६ बैंकबाट १ हजार ९७० लगानीकर्ताले आवेदन दिएका छन् । वैदेशिक रोजगारीमा गएकाले ्मंसिर २५ सम्म आवेदन दिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?