+
+
Shares

कोशी सरकारको मन्त्रिपरिषद् चाँडै पुनर्गठन हुन्छ: शेरधन राई

नेकपा एमालेका सचिव एवं कोशी प्रदेश इन्चार्ज शेरधन राईले कोशी प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठन गर्न लागिएको जानकारी जानकारी दिएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ७ गते १३:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेका सचिव शेरधन राईले कोशी प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठन गर्न लागिएको जानकारी दिए।
  • राईले कांग्रेस र एमालेबीच भएको सहमतिअनुसार नेतृत्व तोकिएको समयमा परिवर्तन हुने बताए।
  • संविधानलाई ट्र्याकमा ल्याउन संसद् पुनर्स्थापना, सर्वपक्षीय सरकार, संविधान संसोधन र त्यसपछि निर्वाचन गर्नुपर्ने उनको भनाइ छ।

७ पुस, काठमाडौँ । नेकपा एमालेका सचिव एवं कोशी प्रदेश इन्चार्ज शेरधन राईले कोशी प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठन गर्न लागिएको जानकारी दिएका छन् ।

सोमबार विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै राईले यसअघि भएको सहमतिअनुसार नै कोशी प्रदेशको मन्त्रिपरिषद् पुनर्गठनको तयारी भएको बताएका हुन् ।

उनले कांग्रेस र एमालेबीच भएको सहमतिअनुसार नेतृत्व भने तोकिएको समयमा परिवर्तन हुने बताए ।

त्यस्तै, राईले वर्तमान संघीय सरकार निर्वाचन गराउनेभन्दा पनि राजनीतिक दलहरूबीच द्वन्द्व बढाउन लागिपरेको बताउँदै निर्वाचन हुने अवस्था आए नेकपा एमाले तयार रहेको बताए ।

संविधानलाई ट्र्याकमा ल्याउन संसद् पुनर्स्थापना, सर्वपक्षीय सरकार, संविधान संशोधन र त्यसपछि निर्वाचन गर्नुपर्ने राईको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?