९ पुस, काठमाडौं । तासमा चिप्स जडान गर्ने र आँखामा ‘आइ लेन्स’ लगाएर क्यासिनो खेल्ने/खेलाउने ७ जना पक्राउ परेका छन् ।
काठमाडौंको ठमेलस्थित छाया सेन्टरको वाल्डो क्यासिनोबाट उनीहरू पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी परिसर, काठमाडौंले उनीहरूको पक्राउबारे बुधबार पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ ।
पक्राउ पर्नेमा सुरेश महाजन, दिनेश बर्मा, विक्रम सिंह, प्रमोद मौर्य, चिजा खड्का र भवानी पाण्डे रहेका छन् ।
भारतबाट आएको गिरोहले क्यासिनो इभेन्ट गर्ने भन्दै स्क्याम गरेर ठगी गर्ने गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले बताए ।
तस्वीरहरू : चन्द्रबहादुर आले/अनलाइनखबर



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4