
News Summary
Generated by OK AI. Editorially reviewed.- चीनले विश्वकै पहिलो सिक्सजी चिप सार्वजनिक गरेको छ जसले दुर्गम क्षेत्रमा उच्चगतिको इन्टरनेट प्रदान गर्नेछ।
- सिक्सजी चिपले विद्यमान इन्टरनेट गतिको तुलनामा ५ हजार गुणा तेज स्पीड दिने र ग्रामीण क्षेत्रलाई फाइदा पुग्नेछ।
- चिपले ०.५ गिगाहर्जदेखि ११५ गिगाहर्जसम्म सबै फ्रिक्वेन्सीमा काम गर्ने र एक सेकेण्डमै १ सय जिबी डेटा ट्रान्सफर गर्न सक्नेछ।
२२ भदौ, काठमाडौं। सूचना प्रविधिको क्षेत्रमा चीनले आफूलाई पुनः विश्वकै अग्रणी साबित गर्दै विश्वकै पहिलो सिक्सजी चिप सार्वजनिक गरेको छ । यसले दुर्गम क्षेत्रमा उच्चगतिको इन्टरनेट प्रदान गर्नेछ ।
चिनियाँ वैज्ञानिकले पातलो लिथियम नियोबेट फोटोनिक पदार्थको झिल्ली र नवीन संरचनाको प्रयोग गरी उच्चगतिको वायरलेस सञ्चार चीपको विकास गरेका हुन् ।
समाचार अनुसार विद्यमान इन्टरनेट गतिको तुलनामा सिक्स जी चिपबाट ५ हजार गुणा तेज इन्टरनेट स्पीड प्राप्त हुनेछ । यसबाट विश्वका ग्रामीण क्षेत्रलाई समेत फाइदा पुग्नेछ, जहाँ अहिलेसम्म उच्चगतिको इन्टरनेट पुग्न सकेको छैन । यो चिपले भविष्यको सिक्स जी इन्टरनेटको विश्वसनीयता तथा क्षमतामा वृद्धि गर्नेछ ।
साउथ चाइना मर्निङ पोस्टका अनुसार चिनियाँ शोधकर्ताहरुले बेइजिङस्थित पेकिंग विश्वविद्यालय र हङ्कङको सिटी विश्वविद्यालयका शोधकर्ताहरुसँग मिलेर तयार पारेका हुन् । नेचर जर्नलमा प्रकाशित उक्त शोध अनुसार यसलाई सबै फ्रिक्वेन्सीमा चल्ने सिक्स जी प्रविधि भनिएको छ जसले मोबाइल स्पीडलाई कैयौँ गुणा बढाउनेछ। यो इन्टिग्रेटेड अप्टोइलेक्ट्रोनिक फ्युजन प्रविधिमा आधारित रहेको बताइएको छ ।
चीनमा जुन सिक्स जी चिपसेट तयार गरिएको छ, त्यसको आकार ११ मिलिमिटर गुणा १.७ मिलिमिटर रहेको छ । यो चिपसेटले न्यून फ्रिक्वेन्सीमा पनि काम गर्न सक्दछ । यसबाट मोबाइल तथा अन्य डिभाइसमा उत्कृष्ट इन्टरनेट स्पीडयुक्त राम्रो कनेक्टिभिटी प्राप्त हुनेछ ।
नयाँ पुस्ताको वायरलेस सञ्चारको रुपमा सिक्स जी इन्टरनेटमा विविध फ्रिक्वेन्सी ब्याण्डमा उच्च गतिको डेटा ट्रान्समिसन आवश्यक पर्दछ । यो आवश्यकतालाई सिक्स जी चिपले पूरा गर्नेछ ।
सिक्स जी चिपसेटको सहयोगमा एक सेकेण्डमै १ सय जिबीसम्म डेटा ट्रान्सफर गर्न सकिनेछ । यसले पूर्णरुपमा वायरलेस स्पेक्ट्रममा काम गर्नेछ ।
सिक्स जी चिपबाट प्राप्त हुने इन्टरनेट स्पीड यति शक्तिशाली हुनेछ कि ५० जिबीको एचडी ८के फिल्म आधा सेकेण्डभित्रै डाउनलोड गर्न सकिेनछ । त्यस्तो इन्टरनेट स्पीड केवल सहरी क्षेत्रमा मात्र नभई ग्रामीणी इलाकासम्मै प्राप्त गर्न सकिने दाबी गरिएको छ ।
चिपसेट वास्तवमा मोबाइल वा कुनै पनि स्मार्ट विद्युतीय डिभाइसका लागि मानिसको मस्तिष्क जस्तै हो । यसले मेमोरी, स्टोरेज, ग्राफिक्स तथा अन्य हार्डवेयरको बीचमा एक सञ्चार स्थापित गर्दछ ।
कतिपयले सिक्स जीको उच्च इन्टरनेट गतिसँगै विद्युत चुम्बकीय विकिरणको खतरा बढ्ने र त्यो मानव स्वास्थ्यका लागि समेत हानिकारक हुने दाबी गरेका छन् । साथै कतिपयले उच्च गतिको इन्टरनेटसँगै साइबर हमलाको खतरा पनि बढ्ने र डेटा गोपनियतामाथि पनि जोखिम बढ्ने बताउँछन् ।
स्मरण रहोस्विद्यमान फाइभ जी प्रविधिले सीमित फ्रिक्वेन्सी रेन्जमा का मगर्दछ । जबकि सिक्स जी चिपले भने ०.५ गिगाहर्ज देखि ११५ गिगाहर्जसम्मका सबै स्पेक्ट्रममा का मगर्नेछ । एजेन्सीको सहयोगमा
प्रतिक्रिया 4