
२२ भदौ, काठमाडौं । नेकपा एमालेबाट निर्वाचित प्रदेश सांसदहरूसँग पार्टीले लिने लेबीमा एकरुपता नरहेको पाइएको छ ।
ललितपुरको गोदावरीमा जारी विधान महाधिवेशनमा प्रस्तुत लेखा आयोगको प्रतिवेदनमा उल्लेख भएअनुसार अहिले विभिन्न प्रदेशहरूमा प्रदेश सांसदबाट लिइने लेबीको रकम फरक-फरक छ ।
कोशीमा मासिक ८ हजार र त्यस मध्येबाट जिल्लालाई २ हजार छुट्याउने गरिएको छ ।
मधेश प्रदेशमा मासिक १० हजार र बागमती प्रदेशमा सांसदहरूसँग मासिक ७ हजार लेबी पार्टीले लिने गरेको छ ।
लुम्बिनी प्रदेशमा मासिक ७ हजार लिने गरिएको छ । यसमध्ये प्रदेशले ६ हजार र संसदीय दलले १ हजार राख्छ ।
कर्णालीमा पारिश्रमिकको १० प्रतिशत, सुदूरपश्चिममा मासिक ८ हजार ५९९ लेबी लिने व्यवस्था छ ।
प्रतिवेदनले सातवटै प्रदेशका सांसदसँग लेबीका रुपमा लिने रकमलाई एकरूपतामा ढाल्न उपयुक्त हुने भनिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4