+
+
Shares

‘वीटक’सँग जोडिए हिपहप डान्सर नोर्बु, करण र सुस्मिता

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २२ गते १४:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालमा दर्ता भएको सामाजिक सञ्जाल वीटकले हिपहप डान्सर नोर्बु तामाङ र सुस्मिता तामाङसँग औपचारिक सम्झौता गरेको छ।
  • वीटकका प्रमुख सञ्चालक क्षितिज दाहालले हिपहप क्रिएटर इकोनोमीलाई संस्थागत रूपमा विकास गर्ने योजना रहेको बताए।
  • वीटकले प्रयोगकर्तालाई मनिटाइजेसन सुविधा र पुरस्कार योजना सहित नेपाली युवालाई लक्षित गरी सेवा विस्तार गरिरहेको छ।

काठमाडौँ । नेपालमा दर्ता भएको सामाजिक सञ्जाल ‘वीटक’ले कन्टेन्ट क्रिएटरको रुपमा हिपहप डान्सरहरू नोर्बु तामाङ र सुस्मिता तामाङसँग औपचारिक सम्झौता गरेको छ ।

सम्झौताअनुसार नोर्बु र सुस्मिताले ‘वीटक’ले निर्माण गर्ने म्युजिक भिडियोमा अभिनय गर्नेछन् । यी दुवै डान्सरले अन्तर्राष्ट्रिय प्रतियोगितामार्फत चर्चा बटुलेका छन् ।

‘वीटक’को माउ कम्पनी साराश मिडिया ल्याब्सका प्रमुख सञ्चालक क्षितिज दाहालले डान्स समुदायसहित कन्टेन्ट क्रिएटरलाई जोड्ने कार्य भइरहेको बताए ।

उनले भने, ‘हाम्रो एपमार्फत क्रिएटरको सिर्जनालाई अनलाइन र भौतिक माध्यमबाट प्रस्तुत गर्नेछौं । नोर्बु र सुस्मिताजस्ता कलाकारलाई जोड्दै हिपहप क्रिएटर इकोनोमीलाई संस्थागत रूपमा विकास र विस्तार गर्ने हाम्रो योजना छ ।’

उनले अर्का डान्सर करण सोनार पनि जोडिएको बताए । यस प्रतियोगितामा वीटक युजर्सले पनि सहभागिता जनाउन पाउनेछन् ।

आफ्नो हिपहप डान्सको भिडिओ वीटकमा अपलोड गरेपछि नोर्बु, सुस्मिता र करणले उत्कृष्ट भिडियो छनोट गर्नेछन् । वीटकले निर्माण गरेको भिडियोसँगै यसको पुरस्कार राशी पनि घोषणा गरिनेछ ।

वीटक नेपालमा दर्ता भएको सामाजिक सञ्जाल हो । सुन्दा टिकटक झैँ लाग्ने यो सञ्जालको सुरुआत नेपाली युवा क्षितिज दाहालले गरेका हुन् । सिभिल इन्जिनियर दाहालले सात वर्ष सरकारी सेवामा काम गरे ।

आफ्नै केही गर्ने हुटहुटी भएका दाहालले आफूलाई १० देखि ५ बजेको जागिरमा टिकाउन सकेनन् । फलतः उनले सारांश मिडिया ल्याबको स्थापना गरे ।

‘हामी कहाँ भिडिओ सेयरिङ एप लोकप्रिय छ तर हाम्रो छैन । त्यसकारण मैले आफ्नै केही बनाउ भन्ने लागेर वीटकको सुरुआत गरेको हुँ । यहाँ हामीले आफैँ भिडिओ राखेर सामान बेच्ने सुविधा पनि दिदैछौँ’, उनले भने ।

उनले वीटक केही महिनामा वृहत रुपमा सार्वजनिक गर्ने सोच बनाएका थिए । त्यहि अनुरुप काम गरिरहेका थिए । तर, नेपालमा सूचिकृत भएको पाँच सामाजिक सञ्जालमा वीटकको नाम देखिएसँगै यस प्रति चासो बढ्यो । चासोसँगै प्रयोगकर्ता पनि बढिरहेका छन् ।

२०८१ असार ७ गतेदेखि भिडिओ सेयरिङ एप बनाउने तयारी सुरु गरेका क्षितिजको वीटकमा अमेरिका, भारतको कलकत्ता र नेपालमा गरेर २५ जनाले काम गरिरहेका छन् । भक्तपुरको पेप्सीकोलामा अफिस राखेर उनले आफ्नो सपनालाई मुर्तरुप दिन अहोरात्र खटिरहेका छन् ।

वीटकले आफ्नो प्रयोगकर्तालाई ‘मनिटाइजेसन’ सुविधा दिने, लालीगुराँस जस्ता फूल उपहार दिन मिल्ने सुविधा दिने लगायतका विविध योजनामा काम गरिरहेको छ ।

दसैँ लगत्तै आफ्नो एक प्रयोगकर्तालाई मासिक ५० हजार पुरस्कार पनि प्रदान गर्दैछ । वीटकको प्रमोशनका लागि यी सम्पूर्ण योजना पहिले नै बनेको क्षितिजले सुनाए ।

‘नेपाली युवाको आइडियामा बनेको वीटकमा नेपाली जोडिनु हुन्छ भन्नेमा विश्वस्त छौँ । तर, हामी प्रयोगकर्तालाई सेवासुविधासँगै आकर्षक अफर पनि दिन्छौँ । हामीलाई नेपाली प्रयोगकर्ता चाहिएको छ, साथ पाएमा हामीले अन्य प्लेटफर्मको पनि निर्माण गर्नेछौँ’, उनले भने ।

अहिले ३ दिनमा २ हजार सक्रिय प्रयोगकर्ता नाघेको र अहिले नेपाली प्रयोगकर्तालाई लक्षित गरि काम भैरहेको क्षितिज दाहालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?