+
+
Shares
एमाले विधान महाधिवेशन :

दुईवटा प्रतिवेदनमाथिको जवाफ सकियो, खाना ब्रेकपछि ओली बोल्ने  

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २२ गते १४:१७

२२ भदौ, काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशनमा प्रस्तुत भएका प्रतिवेदनमाथि समूहगत छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने क्रममा जारी छ ।

ललितपुरको गोदावरीस्थित सनराइज हलमा जारी महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यस्तै, उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन प्रतिवेदन र महासचिव शंकर पोखरेलले संगठनात्मक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

जसमध्ये उपाध्यक्ष पौडेल र महासचिव पाखेरेलले आ–आफ्ना प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिइसकेका छन् ।

अहिले खाना ब्रेक भएको छ । खाना खाएपछि अध्यक्ष केपी शर्मा ओलीले आफ्नो प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिनेछन् ।

अन्य आयोगहरूले प्रस्तुत गरेका प्रतिवेदनमाथि उठेका प्रश्नबारे जवाफ दिने कार्यक्रम राखिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?