+
+
Shares

थाहा पाइराख्नुस् ह्वाट्सएपमा रहेका एक दर्जन गज्जबका फिचर

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २१ गते १८:५१

दुई अर्बभन्दा धेरै प्रयोगकर्ता रहेको मेसेजिङ प्लाटफर्म ह्वाट्सएपले लगातार नयाँ नयाँ फिचरहरू ल्याउने गरेको छ ।

तर ह्वाट्सएपमा यस्ता कयाैं लुकेका ट्रिक्स छन् जसले तपाईंको गोपनियता, पर्सनलाइजेसन तथा प्रडक्टिभिटीलाई उच्चस्तरमा पुर्‍याउन सहयोग गर्दछन् । तपाईंको मेसेजिङ एप प्रयोगकको अनुभवलाई उत्कृष्ट बनाउने ह्वाट्सएपमा यस्ता गज्जबका १५ फिचर यस्ता छन्:

१).    निश्चित च्याट लक गर्ने :

तपाईंले ह्वाट्सएपमा आफुले आदानप्रदान गरेका च्याटलाई अरूले नदेख्ने गरी लुकाउन चाहनुहुन्छ भने पासकोड, फिंगरप्रिन्ट वा फेस आइडीबाट सुरक्षित राख्न सक्नुहुनछ । यसका लागि ह्वाट्सएप खोलेर आफूले लक गर्न चाहेको च्याटभित्र जानुपर्छ ।

अनि माथि रहेको सम्बन्धित व्यक्तिको सम्पर्क नाम वा ग्रुपको नाममा ट्याप गरेर स्क्रोल डाउन गरी च्याट लक अप्सनमा थिचेर त्यसलाई सक्रिय बनाउनुहोस् र च्याट लक गर्नका लागि फिंगरप्रिन्ट, फेस आइडी वा पासकोड राख्नुहोस् ।

२). मेटा एआई इन्टिग्रेसन :

ह्वाट्सएपमा अब मेटा एआई पनि जोडिएको छ । यसबाट प्रयोगकर्ताले विभिन्न अवधारणाहरुमा मन्थन गर्न, तुरुन्तै प्रश्नको जवाफ प्राप्त गर्न र रोचक कुराकानी गर्न सक्दछन्  ।

यसले तपाईंलाई गुगल सर्चको विकल्प पनि प्रदान गर्दछ । यदि तपाईंलाई कुनै खेलको स्कोर थाहा पाउनु छ वा समाचार अपडेट चाहिएको छ भने मेटा एआईले तपाईंलाई सिधै ह्वाट्सएपमा रियल टाइम जवाफ दिनेछ ।

३). संवेदनशील च्याटका लागि अलग्गै लक :

यदि तपाईंले कुनै सरप्राइज पार्टीको योजना बनाइरहनुभएको छ र गोप्य विवरण शेयर गर्दै हुनुहुन्छ भने त्यस्ता च्याटलाई अलग्गै लक गर्न सक्नुहुन्छ । यसले अतिरिक्त सुरक्षा प्रदान गर्दछ ।

४). डिलिट भएका मेसेज फिर्ता पाउनुहोस् : यदि तपाईंले भुलवस डिलिट फर बटन थिचेर ह्वाट्सएपको मेसेज डिलिट भयो भने अन्डो डिलिट फर मी थिचेर तत्कालै त्यस्तो मेसेज फिर्ता पाउन सक्नुहुन्छ ।

साथै यदि तपाईंले डिलिट फर एभ्रिवन गर्नुपर्ने मेसेजमा भुलवस डिलिट फर मी मात्रै थिचेर मेसेज डिलिट गर्नुभयो भने त्यस्तो मेसेजलाई अन्डो गरेर फिर्ता ल्याउन र पुन: डिलिट फर एभ्रिवन  मार्फत् प्रापकका लागि समेत पूर्णरुपमा मेसेज डिलिट गर्न सक्नुहुन्छ ।

५). स्टिकर बनाउने :

अब तपाईंले आफ्ना फोटो वा कुनै अन्य तस्वीरहरुलाई पनि स्टिकरमा परिणत गर्न सक्नुहुन्छ । यहाँसम्म कि एआईको सहयोगबाट नयाँ तथा फरक खालका स्टिकर पनि बनाउन सकिन्छ ।

६). नम्बर सेभ नगरिकनै मेसेज गर्ने :

यदि तपाईंले कुनै नयाँ नम्बरमा मेसेज पठाउनुछ भने अब त्यस्तो नम्बर फोनमा सेभ गरिरहनु पर्नेछैन ।तपाईंले फोन नम्बर र कन्ट्री कोड हालेर ह्वाट्सएपमा सिधै च्याट गर्न सक्नुहुन्छ ।

७). पठाइसकेका मेसेज सच्याउन :

यदि तपाईंले कसैलाई मेसेज पठाउँदा त्यसमा लेखिएको हिज्जेमा गल्ती भयो वा कुनै विवरण नै गलत भयो भने तपाईंले त्यस्तो मेसेज डिलिट गर्नुपर्दैन । तपाईंले उक्त मेसेजलाई सच्याउन अर्थात् एडिट गर्न सक्नुहुनछ र पुन: पठाउन सक्नुहुनछ ।

८). च्याट ब्याकअप :

आफ्ना पुराना मेसेज, मिडिया वा दस्तावेजलाई हराउनबाट बँचाउनका लागि च्याट ब्याकअप सेटिङ्ग्स खुल्ला गर्न सक्नुहुन्छ । यसबाट तपाईंको पूरै डेटा क्लाउडमा सुरक्षित हुन्छ ।

९). एनिमेटेड इमोजी :

अब तपाईंले ह्वाट्सएपमा साधारण इमोजीलाई एनिमेटेड इमोजीको रूपमा कसैलाई पठाउन सक्नुहुनछ । यसबाट तपाईंको कुराकानी अझै रोचक तथा अन्तरक्रियात्मक बन्दछ ।

१०). शर्टकट्स :

ह्वाट्सएपको डेस्कटप एपमा विभिन्न कीबोर्ड शर्टकट्सहरु उपलब्ध छन् । जस्तो कि कन्ट्रोल प्लस एनबाट नयाँ च्याट खोल्न र कन्ट्रोल प्लस शिफ्ट प्लस एमबाट च्याट म्यूट गर्न सकिन्छ । यस्ता शर्टकट्सको प्रयोगले ह्वाट्सएपको काम छिटो गर्न सकिन्छ ।

११). एचडी फोटो तथा भिडियो शेयर गर्ने :

ह्वाट्सएपमा फोटो तथा भिडियोहरु पठाउँदा अब त्यसको गुणस्तरमा सम्झौता गर्नु पर्दैन । तपाईंले एचडी क्वालिटीमै फोटो तथा भिडियो पठाउन र प्राप्त गर्न सक्नुहुनछ ।

१२). मेसेज पिन गर्ने :

यदि तपाईंले ह्वाट्सएपमा कसैलाई पठाउने मेसेजमा निकै जरुरी कुरा छन् भने त्यस्तो मेसेजलाई पिन गर्नसक्नुहुन्छ । त्यसमा वाईफाई पासवर्ड तथा मिटिङको समय जस्ता कुरा हुन्छन् । यसो गर्दा उक्त मेसेज च्याटको सबैभन्दा माथि देखिन्छ र सजिलैसँग त्यसलाई हेर्न सकिन्छ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?