+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

एमालेको ६८ जिल्लामा आफ्नै भवन

ललितपुरको गोदावरीमा जारी विधान महाधिवेशनमा प्रस्तुत लेखा आयोगको प्रतिवेदनमा भनिएको छ, ‘भूगोलका ६८ जिल्ला कमिटीहरूका आफ्नै स्वामित्वका भवन छन् ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २२ गते १३:५५

२२ भदौ, काठमाडौं । नेकपा एमालेले देशभरका ६८ जिल्लामा पार्टी कार्यालयका आफ्नै भवन रहेको जनाएको छ । ९ वटा जिल्लामा भने आफ्नै भवन नरहेको एमालेले भनेको छ ।

ललितपुरको गोदावरीमा जारी विधान महाधिवेशनमा प्रस्तुत लेखा आयोगको प्रतिवेदनमा भनिएको छ, ‘भूगोलका ६८ जिल्ला कमिटीहरूका आफ्नै स्वामित्वका भवन छन् ।’

प्रतिवेदन अनुसार जिल्ला कमिटीहरूमध्ये पार्टी स्वामित्वको भवन नहुनेहरूमा भोजपुर, रूपन्देही, बाग्लुङ, मुस्ताङ, मनाङ, काठमाडौं, भक्तपुर, रसुवा र डोल्पा गरी ९ जिल्ला छन् ।

नयाँ जिल्ला पूर्वीरुकुम र नवलपुरले पनि आफ्नै भवन बनाइसकेका छन् । रूपन्देही, बाग्लुङ, भोजपुर जिल्लाको जमिन छ तर हाल आफ्नै स्वामित्वको कार्यालय भवन छैन ।

सल्यान र डडेल्धुरा जिल्लाको भवन र जमिन दुबै छन् तर पार्टीको नाममा छैनन् । पश्चिम रुकुम र जाजरकोटमा पार्टी भवन छन् तर भूकम्पको कारणले जिर्ण भएका एमालेले प्रतिवेदनमा उल्लेख गरेको छ ।

महानगर उपमहानगरहरूमध्ये धरान र इटहरी उपमहानगरपालिका कमिटीका आफ्नै व्यवस्थित भवनहरू छन्, जहाँ पार्टी कार्यालयहरू रहेका छन् । पालिका तहमा अरू धेरै कमिटीका जमिन र कार्यालय भएको तर आयोगको जानकारीमा नरहेको प्रतिवेदनमा उल्लेख छ ।

लेखा आयोगको प्रतिवेदन अनुसार जनसंगठनहरूमा जिफन्ट सँग मात्र आफ्नो स्वामित्वको भवन छ । पेशागत महासंघ, नेपालको पनि विगतमा आफ्नै भवन रहेकोमा अहिले विभाजित भएर जानेहरूले प्रयोग गरिरहेको स्थिति प्रतिवेदनमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?