+
+
Shares

अध्यादेशबाट शासन चलाउनु हानिकारक हुन्छ : अर्थमन्त्री खनाल

अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनालले अध्यादेशका आधारमा शासन चलाउनु लाेकतन्त्रका लागि घातक हुने बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ९ गते १६:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अर्थमन्त्री रामेश्वर खनालले अध्यादेशका आधारमा शासन चलाउनु लोकतन्त्रका लागि घातक हुने बताएका छन्।
  • उनले वर्तमान सरकारसँग असिमित म्याण्डेट नभएकाले अध्यादेशको भरमा शासन चलाउने प्रवृत्ति हितकर नहुने बताए।
  • खनालले निजी क्षेत्रले संकटका बेला देखाएको धैर्यता र पुनरुत्थान गर्ने क्षमताको प्रशंसा गरेका छन्।

९ पुस, विराटनगर । अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनालले अध्यादेशका आधारमा शासन चलाउनु लाेकतन्त्रका लागि घातक हुने बताएका छन् । विराटनगरमा आजबाट सुरु विराट ट्रेड एक्स्पाे २०२५ काे उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले वर्तमान सरकारसँग असिमित म्याण्डेट नभएकाले अध्यादेशको भरमा शासन चलाउने प्रवृत्ति लोकतन्त्रका लागि हितकर नहुने बताएका हुन् ।

‘यो सरकारलाई असीमित म्याण्डेट छैन । कानुन संसद्को अनुपस्थितिमा बन्न सक्दैन र बनाउनु हुँदैन भन्ने मेरो लोकतान्त्रिक विश्वास हो,’ उनले भने, ‘मैले सधैँ भन्दै आएको छु अध्यादेशको आधारमा शासन चलाउनु हुँदैन, यसले लोकतन्त्रलाई बलियो बनाउँदैन र यो असल अभ्यास पनि होइन ।’

सीमित म्याण्डेट र संस्थागत अभावका बाबजुद पनि निजी क्षेत्रको आशालाई सम्बोधन गर्न सरकारले प्रयास गरिरहेकाे उनले बताए ।

निजी क्षेत्रले संकटका बेला देखाएको धैर्यता र पुनरुत्थान गर्ने क्षमताको प्रशंसा गर्दै उनले निजी क्षेत्र आफैं जुर्मुराएर अघि बढ्न खोज्नु सुखद् पक्ष भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?