+
+
Shares

कांग्रेस बैठकमा लेखकलाई सुझाव- बयान दिन जाँदा राम्रो

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ९ गते १६:५९

९ पुस, काठमाडौं । पूर्व गृहमन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता रमेश लेखकलाई जाँचबुझ आयोगमा बयान दिन जानका लागि पार्टीका नेताहरूले सुझाव दिएका छन् ।

बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा नेताहरूले लेखकलाई बयानका लागि जान सुझाव दिएका हुन् ।

बैठकमा सहभागी एक नेताका अनुसार, लेखकलाई आयोगले बयानका लागि बोलाएको विषयमा कुरा उठेको थियो ।

‘आजको बैठकमा निवर्तमान गृहमन्त्रीलाई वयान दिन जानुपर्ने विषयमा कुरा उठ्यो । सुझाव दिने साथीहरूले वयान दिन जानू राम्रो हो भन्नुभय‍ो,’ बैठकमा भएको कुराकानीबारे जानकारी गराउँदै प्रवक्ता प्रकाशशरण महतले बताए ।

लेखकलाई हिजो मात्रै बयानका लागि आयोगले बोलाएको थियो ।

कार्यसम्पादन समितिको आजको बैठक सकिएको र भोलि दिउँसो १ बजे पुन: बस्ने प्रवक्ता महतले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?