+
+
Shares

जेनजी घटना : तत्कालीन आईजीपी खापुङको बयान जारी

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ३ गते ११:२७

३ पुस, काठमाडौं । तत्कालीन प्रहरी महानिरीक्षक (आईजीपी, हाल अवकाश प्राप्त) चन्द्रकुवेर खापुङको बयान जारी रहेको छ ।

२३ र २४ भदौको घटना छानबिन गर्न बनेको उच्चस्तरीय जाँचबुझ आयोगले खापुङको बयान लिएको हो । बिहीबार आयोगको सिंहदरबारस्थित कार्यालयमा खापुङको बयान भइरहेको आयोग स्रोतले बताएको छ ।

जेनजी घटना भएका बेला खापुङ नै प्रहरी महानिरीक्षक थिए । त्यतिबेला प्रहरीले चलाएको गोली लागेर २३ भदौमा २२ जनाको मृत्यु भएको थियो । प्रहरीले अनावश्यक रुपमा अत्याधिक बल प्रयोग गरेको भनेर आलोचना समेत हुँदै आएको छ ।

यसअघि फिल्डमा खटिएका कर्मचारीका विवरण पठाउन भन्दा समेत खापुङले अटेर गरेको आयोगले दाबी गरेको थियो । त्यतिबेला खापुङले जवानदेखि आईजीपीसम्म सबै फिल्डमै रहेको भन्ने जवाफ पठाएका थिए ।

उक्त जवाफपछि आयोगले खापुङलाई ५ सय रुपैयाँ जरिवाना गर्नेसम्मको तयारी गरेको थियो । त्यसपछि बल्ल उनले विवरण पठाएको आयोगको दाबी छ ।

आयोगले घटना सम्बन्धीतको पक्षको बयान लिने काम अन्तिम चरणमा पुर्‍याएको छ । अब तत्कालीन गृहमन्त्री, प्रधानमन्त्रीको बयान लिने तयारीमा आयोग पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?