+
+
Shares

कफीको प्याकेटभित्र पौने ४ किलो कोकिन, दुई भारतीय पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १० गते १३:१७

१० पुस, काठमाडौं । कफीको प्याकेटभित्र लुकाएर करिब पौने चार किलो कोकिन ल्याएको अवस्थामा प्रहरीले दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भारतीय नागरिक ५५ वर्षीय जेभियर मैथ्यु थालियाचेरी र २१ वर्षीय अर्का भारतीय मुरास्लिन हुसेन छन् । लाओसबाट सिंगापुर हुँदै ८ पुसमा जेभियर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका थिए ।

विमानस्थलमा जाँचपास भएर निस्केको अवस्थामा सिनामंगलस्थित सडकबाट लागु औषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले उनलाई पक्राउ गरेको हो । उनले सुटकेशमा लुकाएर ल्याएको ३ किलो ७५० ग्राम कोकिन रिसिभ गर्न आएका हुसेन पनि समातिएका हुन् ।

कफीको प्याकेटभत्रि लुकाएर ल्याएको अवस्थामा उक्त कोकिन बरामद भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?