प्रतीकात्मक तस्वीर
१० पुस, काठमाडौं । २ करोड १० लाख रुपैयाँ बराबरका चेक बाउन्स मुद्दाका अभियुक्त पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जनकपुरधाम उपमहानरपालिका–९ घर भएका ३० वर्षीय सन्तोषकुमार साह छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको चण्डोलबाट बुधबार पक्राउ गरेको हो ।
उनीविरुद्ध चार वटा बैंकिङ कसुरको उजुरी रहेको पाइएको छ । जसमा जिल्ला प्रहरी कार्यालय मोरङमा १ करोड ५२ लाख रुपैयाँ बराबरको उजुरी परेको खुलेको छ ।
इलाका प्रहरी कार्यालय गौशाला महोत्तरीमा २० लाख, जिल्ला प्रहरी कार्यालय धनुषामा ८ लाख र जिल्ला प्रहरी कार्यालय झापामा ३० लाख गरी २ करोड १० लाख रुपैयाँ बराबरको चेक बाउन्सको मुद्दा परेको हो ।
उनलाई कारबाहीका लागि झापा पठाइएको प्रहरीले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4