१० पुस, काठमाडौं । क्रोएसिया र न्युजिल्याण्ड पठाउने भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मोरङको उर्लाबारी नगरपालिका–६ का ३५ वर्षीय शैलेन्द्र शाक्य र रामेछापको सुनापति गाउँपालिका–२ का ३६ वर्षीय जितबहादुर जर्घा मगर छन् । उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुस्न्धान कार्यालयको टोलीले पक्राउ गरेका हो ।
शाक्यले क्रोएसिया पठाउने भन्दै एक जनाबाट ५ लाख र मगरले न्युजिल्याण्ड पठाउने भन्दै १ जनाबाट ७लाख १० हजार ठगी गरेको प्रहरीले बताएको छ ।
पक्राउ परेका दुबै जनालाई कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहचल पठाइएको अपराध अनुसन्धान कार्यालयका एसपी काजिकुमार आचार्यले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4