+
+
Shares

बालेन–रवि वार्तास्थलबाट सुदनले भने- गेटमा ताला लगायौं, सहमति नभएसम्म खोल्दैनौं

‘हाम्रो दुईजना नेताहरू भित्र हुनुहुन्छ । जबसम्म उहाँहरू दुई जना मिल्नुहुन्नँ, तबसम्म यो गेट खोलिँदैन । हामीले यहाँ ताला लगाएर राखिदिएका छौं,’ गुरुङले भनेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १० गते १४:०२

१० पुस, काठमाडौं । रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच अहिले वार्ता चलिरहेको छ ।

ललितपुरको कुपण्डोलस्थित मेयर शाहका सहयोगी कुमार बेनको घरमा केहीबेरदेखि वार्ता चलिरहेको हो ।

यसैबीच त्यहीँ रहेका जेनजी अगुवा सुदन गुरुङले दुई नेताहरूबीच सहमति नभएसम्मका लागि गेटमा ताला लगाइदिएको जानकारी गराएका छन् ।

सामाजिक सञ्जालमा एक भिडियो सन्देश जारी गर्दै उनले रवि र बालेनलाई भित्र राखेर बाहिरबाट गेट बन्द गरिएको बताएका हुन् ।

‘हाम्रो दुईजना नेताहरू भित्र हुनुहुन्छ । जबसम्म उहाँहरू दुई जना मिल्नुहुन्नँ, तबसम्म यो गेट खोलिँदैन । हामीले यहाँ ताला लगाएर राखिदिएका छौं,’ गुरुङले भनेका छन् ।

भिडियो बनाइरहेका एक व्यक्तिले पृष्ठभूमिबाट ‘को–को नेता दाई ?’ भनेर प्रश्न गर्छन् ।

गुरुङले जवाफ दिँदै भनेका छन्, ‘हाम्रो मेयर साब र हाम्रो रवि लामिछाने । दुई जना नै ।’

उनले आफूहरू भने सुरक्षागार्डको रुपमा गेटमै बसेको पनि बताएका छन् ।

‘हामी चाहीँ अब यहाँ गार्ड । थुनिदिएका छौं, मिले मात्रै आउँछन्, नत्र आउँदैनन्,’ उनले भनेका छन् ।

फेरि उनलाई पृष्ठभूमिबाट प्रश्न आउँछ, ‘अब यत्तिकै बस्ने हो दाई ?’

गुरुङको जवाफ छ, ‘हो, अब यत्तिकै हो । चाबी हामीसँग छ ।’

बालेन र रविबीचको यो वार्तालाई निर्णायक भनिएको छ । यसअघि पनि उनीहरूबीच भेटवार्ता भएको थियो । तर, कसरी अघि बढ्ने भन्नेबारे सहमित भइनसकेको नेताहरूले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?