+
+
Shares

भित्र बालेन-रवि वार्ता, बाहिर बढ्न थाल्यो भिड (तस्वीरहरू)

भित्र एक्लाएक्लै वार्ता चलिरहँदा ज्वागलस्थित बेनको घरबाहिर मिडिया र शुभचिन्तकको बाक्लो उपस्थिति हुन थालेको छ ।

कौशल काफ्ले कौशल काफ्ले
२०८२ पुष १० गते १४:२९

१० पुस, काठमाडौं । रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच अहिले वार्ता चलिरहेको छ । ललितपुरको ज्वागलस्थित मेयर शाहका सहयोगी कुमार बेनको घरमा केहीबेरदेखि वार्ता चलिरहेको हो ।

उनीहरूबीच भएको यो भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ । निकटस्थ नेताहरूले यो भेटवार्तालाई निर्णायक भनेका छन् ।

अहिले रवि र बालेनबीच वान टू वान वार्ता चलिरहेको छ । भित्र एक्लाएक्लै वार्ता चलिरहँदा ज्वागलस्थित बेनको घरबाहिर मिडिया र शुभचिन्तकको बाक्लो उपस्थिति हुन थालेको छ ।

भित्र भने केही जेनजी अगुवा, कलाकार एवं निकटस्थहरू उनीहरूको वार्ता कुरिरहेका छन् ।

यसैबीच त्यहीँ रहेका जेनजी अगुवा सुदन गुरुङले दुई नेताहरूबीच सहमति नभएसम्मका लागि गेटमा ताला लगाइदिएको जानकारी गराएका छन् ।

सामाजिक सञ्जालमा एक भिडियो सन्देश जारी गर्दै उनले रवि र बालेनलाई भित्र राखेर बाहिरबाट गेट बन्द गरिएको बताएका हुन् ।

‘हाम्रो दुईजना नेताहरू भित्र हुनुहुन्छ । जबसम्म उहाँहरू दुई जना मिल्नुहुन्नँ, तबसम्म यो गेट खोलिँदैन । हामीले यहाँ ताला लगाएर राखिदिएका छौं,’ गुरुङले भनेका छन् ।

लेखक
कौशल काफ्ले

काफ्ले अनलाइनखबरमा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?