+
+
Shares

महामन्त्रीमै चुनाव लड्ने प्रदीप पौडेलको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १० गते १६:५७

१० पुस, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले महामन्त्रीमै चुनाव लड्ने घोषणा गरेका छन् । बिहीबार धुम्बाराहीमा आयोजित पत्रकारहरुसँग भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो घोषणा गरेका हुन् ।

‘१४औं महाधिवेशनमा पनि महामन्त्रीमा चुनाव लडेको हुँ । त्यसमा विजयी हासिल गर्न सकिँन’ पौडेलले भने, ‘महामन्त्री नै लडिसकेको कारणले अब महामन्त्रीभन्दा तल जाने कुरा भएन । महामन्त्रीभन्दा माथि मेरो परिस्थिति बनेको पनि छैन । त्यसो भएको हुनाले मेरो सोच महामन्त्रीमै आफूलाई प्रस्तुत गर्ने रहेको छ ।’

कांग्रेस भित्रबाट समेत आफूलाई यही सुझाव प्राप्त भएको उनले बताए । अगाडि भनेका छन्, ‘साथीहरू धेरैले पनि महमामन्त्रीमै गर्नुस् भन्नुभएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?