+
+
Shares

सिद्धार्थ बैंकको वार्षिकोत्सवमा लाइफटाइम फ्री क्रेडिट कार्ड अफर

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १० गते १७:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिद्धार्थ बैंकले आफ्नो २३ औं वार्षिकोत्सवमा ग्राहकलाई लाइफटाइम फ्री क्रेडिट कार्ड अफर सार्वजनिक गरेको छ।
  • यो अफर डिसेम्बर २५ सम्म सञ्चालन रहनेछ र पहिलो वर्षको वार्षिक शुल्क पूर्ण रूपमा छुट दिइनेछ।
  • दोस्रो वर्षदेखि वार्षिक शुल्क छुट पाउन ग्राहकले अघिल्लो वर्षमा कम्तीमा तीन पटक क्रेडिट कार्डमार्फत कारोबार गर्नुपर्नेछ।

१० पुस, काठमाडौं । सिद्धार्थ बैंकले आफ्नो २३ औं वार्षिकोत्सवको अवसरमा ग्राहकलाई लाइफटाइम फ्री क्रेडिट कार्ड अफर सार्वजनिक गरेको छ ।

उक्त अफर बिहीबार (डिसेम्बर २५) सम्म सञ्चालन रहनेछ । जस अन्तर्गत स्ट्यान्डर्ड क्रेडिट कार्डमा लाग्ने आबद्ध शुल्क तथा पहिलो वर्षको वार्षिक शुल्क पूर्ण रूपमा छुट दिइने व्यवस्था गरिएको छ ।

दोस्रो वर्षदेखि वार्षिक शु्ल्क छुट पाउनका लागि ग्राहकले प्रत्येक अघिल्लो वर्षमा कम्तीमा तीन पटक क्रेडिट कार्डमार्फत कारोबार गरेको हुनुपर्नेछ ।

उदाहरणका लागि, डिसेम्बर २०२५ मा जारी गरिएको क्रेडिट कार्डको हकमा, जनवरी २०२६ देखि डिसेम्बर २०२६ भित्रमा कम्तिमा ३ वटा कारोबार गर्दा दोस्रो वर्ष लाग्ने शुल्क छुट हुनेछ ।

बैंकले ग्राहकलाई थप सुविधा प्रदान गर्दै डिजिटल कारोबारलाई प्रबर्द्धन गर्ने उद्देश्यका साथ यो योजना सञ्चालनमा ल्याएको जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?