१० पुस, काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध खनिएका छन् ।
स्याङ्जाको वालिङमा उक्त अभियानले आज गरेको कार्यक्रममा प्रसाईंले रास्वपा सभापति रविलाई लक्षित गर्दै भने, ‘यहाँ बाहिर के भनेर ह्विम चलाइन्छ भने बाघ आयो बाघ । बाघ आएको छ बाहिर सहकारी जोगाउनु राख्नू ।’
प्रसाईंले भदौ २४ गते सिंहदबार, अदालतमा आगो लगाउने र रविलाई नख्खुबाट छुटाउने समूह एउटै रहेको दाबी गरे । ‘सिंहदरबारमा आगोे लाग्यो । त्यही टिम गएर अदालतमा आगो लगायो । त्यही टिम गएर रविलाई छुटायो । रविलाई अहिले जेलबाट निकालियो,’ प्रसाईंले भने ।
रवि जेलबाट छुटेपछि उनलाई भेट्ने प्रति पनि प्रसाई आक्रोशित देखिए । उनले भने, ‘सुदन गुरुङ रविसँग जाने । अर्को, पनि रविसँग जाने भनेपछि मैले भनेको कुरा पुग्यो कि पुगेन ? कत्रो साँठगाँठ रहेछ ?’
रविले आफ्नो भागको बिगो तिर्छु भनेर निस्केपछि दोषी रहेको आफैले स्वीकारेको उनले बताए ।
प्रतिक्रिया 4