+

सातदोबाटो युथ क्लबले भित्र्यायो थप दुई खेलाडी

२०८२ पुष  ११ गते १७:३५ २०८२ पुष ११ गते १७:३५
सातदोबाटो युथ क्लबले भित्र्यायो थप दुई खेलाडी

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सातदोबाटो युथ क्लबले राष्ट्रिय लिग फुटबलका लागि रोशन पहारी र एकराज बुढाथोकीलाई अनुबन्ध गरेको छ।
  • सातदोबाटोले समीर तामाङ, सुरज जेउ ठकुरी, कुलदिप कार्की, अभिषेक बराल, पासाङ लामालगायतलाई पनि अनुबन्ध गरिसकेको छ।
  • राष्ट्रिय लिग फुटबल पुस २५ देखि सुरु हुँदैछ र १७ क्लबको सहभागिता रहनेछ।

११ पुस, काठमाडौं । आसन्न राष्ट्रिय लिग फुटबल प्रतियोगिताका लागि सातदोबाटो युथ क्लबले थप दुई खेलाडी अनुबन्ध गरेको छ ।

सातदोबाटोले रोशन पहारी र एकराज बुढाथोकीलाई अनुबन्ध गरेको जनाएको हो ।

यसअघि सातदोबाटोले समीर तामाङ, सुरज जेउ ठकुरी, कुलदिप कार्की, अभिषेक बराल र पासाङ लामालाई पनि अनुबन्ध गरिसकेको छ । त्यस्तै फोडे फोफानालाई पनि अनुबन्ध गरेको छ ।

राष्ट्रिय लिग फुटबल पुस २५ देखि सुरु हुँदैछ । प्रतियोगितामा १७ क्लबको सहभागिता रहनेछ ।

सातदोबाटो युथ क्लब

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय