+
+
Shares

नेकपा नेता प्रेमबहादुर सिंहले पनि गरे चुनाव नलड्ने घोषणाा

६ पटकमन्त्री बनिसकेका सिंह कालिकोट जिल्लाबाट खस-आर्य पिछडिएको कोटाबाट समानुपातिकतर्फ सर्वसम्मतरूपमा सिफारिसमा परेका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १३ गते १७:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपाका नेता प्रेमबहादुर सिंहले आगामी निर्वाचन नलड्ने घोषणा गर्नुभएको छ।
  • सिंहले ६ पटक मन्त्री पद सम्हालेपछि यसपटक निर्वाचन नलड्ने प्रेसनोट जारी गर्नुभएको हो।
  • सिंहले आफ्नो अनुभव पार्टी निर्माणमा उपयोग गर्ने संकल्प व्यक्त गर्नुभएको छ।

१३ पुस, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता प्रेमबहादुर सिंहले आगामी निर्वाचन नलड्ने घोषणा गरेका छन् ।

६ पटकमन्त्री बनिसकेका सिंह कालिकोट जिल्लाबाट खस-आर्य पिछडिएको कोटाबाट समानुपातिकतर्फ सर्वसम्मतरूपमा सिफारिसमा परेका थिए । त्यसप्रति आभार व्यक्त गर्दै सिंहले आगामी निर्वाचन नलड्ने घोषणा गरेका हुन् ।

राष्ट्रियसभा, प्रतिनिधिसभा र संविधानसभा सदस्यसमेत बनिसकेका सिंहले आज प्रेसनोट जारी गर्दै भनेका छन्, ‘६ पटकमन्त्री पदको जिम्मेवारी सम्हाली देशको सेवा गरिसकेकोले यसपटको निर्वाचन नलड्ने घोषणा गर्दछु ।’

उनले नयाँ पुस्ताले अवसर पाओस् भनेर यो निर्णय गरेको अनलाइनखबरलाई बताए ।

उनले हालसम्म प्राप्त अनुभवलाई पार्टी निर्माणमा उपयोग गर्ने संकल्प गरेको जानकारी पनि दिए ।

यसअघि नेकपा नेता एवम् पूर्वमन्त्री पम्फा भुसालले आगामी निर्वाचन नलड्ने घोषणा गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?