News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समानुपातिक तर्फको बन्दसूचीमा गुरु बराललाई खुलातर्फ एक नम्बरमा राखेर सचिवालय बैठकमा प्रस्तुत गर्नुभएको छ।
- बराल हालै सम्पन्न एमालेको ११औं महाधिवेशनमा उपाध्यक्ष पदका उम्मेद्वार भएर पराजित भएका थिए।
- महिलातर्फ पार्टी सचिव पद्मा अर्याललाई एक नम्बरमा राखेर अर्यालसहित शान्ता चौधरी र कोमल वलीहरूको नाम प्रस्ताव गरिएको छ।
१३ पुस, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समानुपातिक तर्फको बन्दसूचीमा राख्ने नामहरू सचिवालय बैठकमा प्रस्तुत गरेका छन् । ओलीले प्रस्तुत गरेको सूचीमा खुलातर्फ एक नम्बरमा गुरु बराललाई राखिएको छ ।
बराल हालै सकिएको एमालेको ११औं महाधिवेशनमा उपाध्यक्ष पदका उम्मेद्वार भएर पराजित भएका हुन् । केन्द्रीय सदस्यमा समेत पराजित बराललाई ओलीले खुलातर्फ एक नम्बरमा नाम प्रस्ताव गरेका छन् ।
महिलातर्फ पार्टी सचिव पद्मा अर्याललाई एक नम्बरमा राखेका छन् । अर्यालसहित महिलातर्फ शान्ता चौधरी, कोमल वलीहरूको नाम प्रस्ताव गरिएको एक पदाधिकारीले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4