+
+
Shares

एमालेमा पुस २० भित्र प्रत्यक्षतर्फको उम्मेदवार सिफारिस गर्न निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १३ गते २०:३६

१३ पुस, काठमाडौ । नेकपा एमालेले आगामी २० पुसभित्र प्रत्यक्षतर्फ उम्मेद्वारको नाम सिफारिस गर्न मातहत कमिटीलाई निर्देशन दिएको छ ।

आज बसेको सचिवालय बैठकले प्रत्यक्ष तर्फका उम्मेद्वार सिफारिस गर्ने डेडलाइन तोकेको हो ।

‘आगामी पुस २० गतेभित्र प्रत्यक्षतर्फको नाम निर्वाचन क्षेत्रीय कमिटीमार्फत सिफारिस गर्न निर्देशन गर्ने निर्णय भएको छ,’ पार्टी सचिव राजन भट्टराईले फेसबुकमा लेखेका छन् ।

समानुपातिक तर्फको बन्दसूचीमा समावेश गरिने नामबारे समेत सचिवालयमा छलफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?