१३ पुस, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेको समानुपातिकतर्फको बन्दसूचीमा ईश्वर पोखरेललाई एक नम्बरमा राख्न उपाध्यक्ष गोकर्ण विष्ट र उपमहासचिव योगेश भट्टराईले सुझाव दिएका छन् ।
च्यासलमा बसेको सचिवालय बैठकमा गुरु बरालको नाम खुला तर्फको एक नम्बरमा ओलीले प्रस्ताव गरेका थिए । तर पार्टीमा एकताको सन्देश दिन पनि ओलीले राखेको प्रस्ताव संशोधन गर्नुपर्ने विष्ट र भट्टराईले तर्क राखेका थिए ।
‘भर्खरै महाधिवेशन सकिएको छ । तपाईंसँग अध्यक्षमा प्रतिस्पर्धा गर्नुभएका नेता ईश्वर पोखरेललाई खुलातर्फ एक नम्बरमा राखेर जाऔं, यसले एउटा सन्देश जान्छ,’ भट्टराईको प्रस्ताव थियो । तर मनोनीत र समानुपातिक सूचीमा पटकपटक बस्दै आएका बराललाई अगाडि सारेर जानु राम्रो नहुने पनि उनीहरूले बताएका थिए ।
सुवास नेम्वाङको निधनपछि ओलीले उपाध्यक्ष मनोनीत गरेका बराल एघारौं महधिवेशनमा सोही पदमा उम्मेदवार थिए । तर उनी उपाध्यक्ष र केन्द्रीय सदस्यमा समेत पराजित भए । ओलीले उनै बराललाई एक नम्बरमा प्रस्ताव गरेपछि विष्ट र भट्टराईले संशोधन गर्न सुझाव दिएका छन् ।
प्रतिक्रिया 4