+
+
Shares

जसपा नेपाल र लोसपाबीच एकता गर्ने निर्णय

जसपा अध्यक्ष यादव र  लोसपा अध्यक्ष ठाकुरसहित दुवै पार्टीका पदाधिकारीहरुको काठमाडौंमा बसेको संयुक्त बैठकले एकीकरण गर्ने निर्णय गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १३ गते २०:४६

१४ पुस, जनकपुरधाम । मधेश केन्द्रित दल जसपा नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल लोकसपाबीच एकीकरण गर्ने निर्णय भएको छ ।

सहमति पत्रमा दुवै पार्टीका अध्यक्षहरुले हस्ताक्षर गरेका छन् ।

जसपा अध्यक्ष यादव र  लोसपा अध्यक्ष ठाकुरसहित दुवै पार्टीका पदाधिकारीहरुको काठमाडौंमा बसेको संयुक्त बैठकले एकीकरण गर्ने निर्णय गरेको हो ।

वर्तमान राजनीतिक परिस्थितिको मूल्यांकन एवं विश्लेषण गरेर एकता गरिएको निर्णयमा बताइएको छ ।

त्यस्तै, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालिलाई संस्थागत गर्दै संघीयता, पहिचान, समानुपातिक समावेशिता, समाजिक न्याय लगायतको अग्रगामी परिवर्तनका मुद्दाहरुलाई मजबुत गर्दै न्यायपूर्ण समाज निर्माण गर्ने आवश्यकतालाई आत्मसात गरी एकीकरणको निर्णय भएको पनि विज्ञप्तिमा उल्लेख छ ।

१० वैशाख २०७७ मा तत्काली संघीय समाजवादी पार्टी (सपा) र राष्ट्रिय जनता पार्टी (राजपा) एकीकरण भएर जसपा बनेको थियो । डेढ वर्ष नपुग्दै २०७८ को भदौ दोस्रो साता जसपा नेपाल विभाजन भएर महन्थ ठाकुर नेतृत्वको लोसपा बनेको थियो ।

२०६३ सालपछि उपेन्द्र र महन्थ ठाकुर मधेशको राजनीतिक शक्तिको रुपमा उदाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?