+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
85/10 (19.1)
VS
Lumbini Lions won by 6 wickets
Won लुम्बिनी लायन्स 2025
86/4 (8.6)
Shares

पुस १० भित्र उम्मेदवारहरुको नाम सिफारिस गर्न जसपा नेपालको सर्कुलर

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २८ गते ९:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जनता समाजवादी पार्टी नेपालले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरुको नाम सिफारिस गर्न मातहत समितिमा सर्कुलर जारी गरेको छ।
  • संसदीय निर्वाचन क्षेत्र समन्वय समितिले पुस १० गतेभित्र जिल्ला समितिमा र जिल्ला समितिले पुस १५ गतेभित्र प्रदेश समितिमा उम्मेदवारहरुको नाम पठाउनुपर्नेछ।
  • प्रदेश समितिले पुस २० गतेभित्र कम्तिमा तीन सम्भावित उम्मेदवारको नामावली केन्द्रीय कार्यालयमा पठाउनुपर्नेछ र अन्तिम निर्णय संघीय संसदीय बोर्डले गर्नेछ।

२८ मंसिर, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरुको नाम सिफारिस गर्न मातहत समितिमा सर्कुलर जारी गरेको छ ।

संसदीय निर्वाचन क्षेत्र समन्वय समितिले पुस १० गतेभित्र जिल्ला समितिमा र जिल्ला समितिले आवश्यक निर्णयका साथ पुस १५ गतेभित्र प्रदेश समितिमा उम्मेदवारहरुको नाम पठाइसक्नुपर्ने प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन् ।

प्रदेश समितिले जिल्ला समितिबाट प्राप्त नामावलीउपर निर्णय गरी पुस २० गतेभित्र प्रत्येक निर्वाचन क्षेत्रबाट कम्तिमा तीन जनासम्म हुने गरी अनिवार्य रुपले सम्भावित उम्मेदवारहरुको नामावली केन्द्रीय कार्यालयमा पठाउन सर्कुलर गरिएको छ ।

बस्नेतका अनुसार समानुपातिक तर्फ प्रत्येक जिल्लाबाट जिल्ला समितिले कम्तिमा ३ जना पुरूष र ३ जना महिला जातीय कलष्टर अनुसार समावेशी हुने गरी प्रदेश समितिमा पठाउने र प्रदेश समितिले उक्त नामावलीमाथि छलफल गरी आफ्नो रायसहित उम्मेदवारहरूको नाम सिफारिस गरी केन्द्रीय कार्यालय वा संसदीय बोर्डमा बुझाउनुपर्ने छ ।

कुनै कारणवस तोकिएको निर्धारित समयभित्र प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्ष/समानुपातिक तर्फका उम्मेदवारहरूको नाम केन्द्रीय कार्यालय वा संघीय संसदीय बोर्डलाई प्राप्त नभएमा वा हुन नसकेमा संसदीय बोर्डले नै उम्मेदवारको मनोनयन गरी कार्यान्वयन गर्न सक्ने बस्नेतले बताए ।

संघीय संसदीय बोर्डमा नाम पठाउदा निर्वाचन क्षेत्र समन्वय समिति, जिल्ला समिति र प्रदेश समितिले गरेका निर्णयहरू बैठकको निर्णय पुस्तिकाको प्रतिलिपि समेत संलग्न गरी पठाउनु पर्ने सर्कुलरमा उल्लेख छ ।

उम्मेदवारहरूको अन्तिम निर्णय भने संघीय संसदीय बोर्डले नै गर्ने जसपा नेपालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?