News Summary
Generated by OK AI. Editorially reviewed.- लक्ष्मी सनराइज बैंकले १० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव सोमबार सम्पन्न २५औं साधारणसभाले स्वीकृत गरेको छ।
- बोनस सेयरपछि बैंकको चुक्ता पूँजी २६ अर्ब ७८ करोड पुगेको छ।
- बैंकले आर्थिक वर्ष २०८१/८२ मा ३ खर्ब ७१ अर्ब निक्षेप र २ खर्ब ८७ अर्ब कर्जा प्रवाह गरेको छ।
१४ पुस, काठमाडौं । लक्ष्मी सनराइज बैंकले सेयरधनीलाई दिने भनेको १० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव स्वीकृत भएको छ ।
सोमबार सम्पन्न बैंकको २५औं साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरेको उक्त लाभांश स्वीकृत गरेको हो ।
बोनस सेयरपछि बैंकको चुक्ता पूँजी २६ अर्ब ७८ करोड पुगेको छ । साधारणसभाले आर्थिक वर्ष २०८१/८२ का लागि सञ्चालक समितिको प्रतिवेदन तथा सोही आव बैंकको वित्तीय विवरण स्वीकृत गरेको छ । साथै, २०८२/८३ का लागि लेखा परीक्षक नियुक्ति समेत गरेको छ ।
बैंकले आव २०८१/८२ मा ३ खर्ब ७१ अर्ब निक्षेप र २ खर्ब ८७ अर्ब कर्जा प्रवाह गरेको छ । बैंकको वासलातको आकार ४ खर्ब ४३ अर्ब पुगेको बैंकले जनाएको छ । गत आवमा बैंकले ४ अर्ब ६ करोड रुपैंया खुद नाफा गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4