+
+
Shares

दोस्रो चरणमा २५ अर्बको ‘राष्ट्र बैंक बन्ड’ निष्कासन

केन्द्रीय बैंकले वित्तीय प्रणालीको अधिक तरलतालाई दीर्घकालीन व्यवस्थापनका लागि बन्ड प्रयोग बढाएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १६ गते १४:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल राष्ट्र बैंकले बुधबार २५ अर्ब रुपैयाँ बराबरको दोस्रो चरणको राष्ट्र बैंक बन्ड निष्कासन गरेको छ।
  • बन्ड एक वर्षमा परिपक्व हुने र लगानीकर्ताले अर्धवार्षिक रूपमा ब्याज भुक्तानी पाउनेछन्।
  • बोलकबोल माध्यबाट ब्याजदर निर्धारण हुने र न्यूनतम ५ करोड रुपैयाँ लगानी गर्न सकिने बैंक तथा वित्तीय संस्थाले जानकारी दिएका छन्।

१६ पुस, काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार पनि २५ अर्ब रुपैयाँ बराबरको ‘राष्ट्र बैंक बन्ड’ निष्कासन गरेको छ ।

केन्द्रीय बैंकले वित्तीय प्रणालीको अधिक तरलतालाई दीर्घकालीन व्यवस्थापनका लागि बन्ड प्रयोग बढाएको हो ।

केन्द्रीय बैंकले यसै साता सोमबार पहिलो पटक २५ अर्ब रुपैयाँ बराबरको ‘नेपाल राष्ट्र बैंक बन्ड’ निष्कासन गरेको थियो । सोही बन्डलाई केन्द्रीय बैंकले दोस्रो चरणमा थप २५ अर्बको निष्कासन गरेको हो ।

एक वर्षमा परिपक्व हुने उक्त बन्डमा लगानी गर्ने बैंक तथा वित्तीय संस्थाले अर्धवार्षिक रूपमा ब्याज भुक्तानी पाउनेछन् ।

‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८२ क’ नामको  ऋणपत्रमा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीले लगानी गर्न सक्छन् । बोलकबोल माध्यबाट ब्याजदर निर्धारण हुनेछ । सोमबारको नेपाल राष्ट्र बैंक बन्डको कुपन रेट २.६४ कायम भएको केन्द्रीय बैंकले जनाएको छ ।

न्यूनतम ५ करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा नि:शेष भाग जाने गरी कुल आह्वान रकमसम्म आवेदन गर्न सकिने उक्त ऋणपत्र बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिने छ ।

ऋणपत्रको स्वीकृत बोल रकम सम्बन्धित बोलवालाको लगानी पोर्टफोलियो हुने भएकाले उक्त रकमलाई अनिवार्य नगद मौज्दातमा गणना गर्न पाइने छैन ।

तर, राष्ट्र बैंकको निर्देशन बमोजिम कायम राख्नुपर्ने वैधानिक तरलता अनुपात र खुद तरल सम्पत्ति अनुपातमा उक्त रकम गणना गर्न सकिने केन्द्रीय बैंकले जनाएको छ ।

ऋणपत्र निष्कासन मितिमा काउन्टरपार्टीको खातामा पर्याप्त मौज्दात नभए त्यस्ता काउन्टरपार्टीको स्वीकृत बोल रकम रद्द गरी त्यसको २.५० प्रतिशत दरले हर्जाना सहित ६ महिनासम्म खुला बजार कारोबार तथा ब्याजदर करिडोर अन्तर्गत कुनै पनि बोलकबोलमा सहभागी हुन बन्देज लगाइने केन्द्रीय बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?