२२ पुस, झापा । तराई-मधेशका प्राय: सबै ठाउँमा कुहिरो र हुस्सु लागेको छ । देशभर तापक्रम घटिरहेकोले जाडो पनि बढेको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज तराई-मधेशका जिल्लामा बाक्लो हुस्सु र कुहिरो लागेको छ ।
पूर्वी नेपालको झापाको दमकमा पनि उस्तै बाक्लो हुस्सु र कुहिरो लागेको छ । जसले गर्दा बिहानको समयमा दमकको जनजीवन कष्टकर बनेको छ ।
कुहिरोका कारण घाम झुल्किन पाएको छैन । यसले गर्दा जाडो झन बढेको छ । सडकमा भिजिबिलिटी निकै कम छ । सवारी साधनहरू सडकमा बत्ती बालेर कुदिरहेका छन् ।
अत्यावश्यकबाहेक सडकमा नागरिकको चहलपहल कम देखिएको छ ।









यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4