News Summary
Generated by OK AI. Editorially reviewed.- मधेशमा जसपा नेपालबाट राष्ट्रिय सभा सदस्यका लागि शैलेश चौधरी, चन्दा साह र चमेली देवी दासले उम्मेदवारी दर्ता गराएका छन्।
- लोसपाका अध्यक्ष महन्थ ठाकुरले पनि राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् र उनलाई जसपा नेपाल, नेपाली काँग्रेस र नेकपा एमालेको समर्थन छ।
- जसपा नेपाल र लोसपाबीच पार्टी एकीकरणको निर्णयपछि उनीहरूले जनकपुर निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन्।
२३ पुस, जनकपुरधाम । मधेशमा जसपा नेपालबाट राष्ट्रिय सभा सदस्यका लागि तीनजनाको उम्मेदवारी दर्ता भएको छ ।
जसपाबाट अल्पसंख्यकतर्फ शैलेश चौधरी, महिलातर्फ चन्दा साह र दलिततर्फ चमेली देवी दासको उम्मेदवारी दर्ता भएको हो ।
अन्यबाट भने लोसपाका अध्यक्ष महन्थ ठाकुरले उम्मेदवारी दर्ता गराएका हुन् । महन्थलाई जसपा नेपाल, नेपाली काँग्रेस र नेकपा एमालेको पनि समर्थन रहेको छ ।
अन्य पदमा जसपा नेपालले छुट्टै उम्मेदवारी दर्ता गराएको हो । केही समय अघि जसपा नेपाल र लोसपा बीच पार्टी एकीकरणको निर्णय नै भएको थियो । जनकपुर निर्वाचन कार्यालय पुगेर उनीहरुले उम्मेदवारी दर्ता गराएका हुन् । जसपाबाट उम्मेदवारी दिने चौधरी सप्तरी, साह सिरहा र दास धनुषाकी हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4