+
+
Shares

‘बाल्यकालको हिरो’ भन्दै सन्दीप क्षेत्रीले लगाइदिए संजय दत्तलाई रुद्राक्षको माला

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २४ गते २०:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कलाकार सन्दीप क्षेत्रीले बलिउड अभिनेता संजय दत्तलाई पशुपतिनाथको रुद्राक्ष माला उपहार दिएका छन्।
  • सन्दीपले संजयसँगको फोटो र भिडियो सेयर गर्दै 'मेरो बाल्यकालको हिरोलाई प्रत्यक्ष भेट्दै' लेखेका छन्।
  • संजय दत्त क्यासिनो उद्घाटनका लागि काठमाडौं आएका हुन् र शुक्रबार दिउँसो फर्कने कार्यक्रम छ।

काठमाडौं । आफ्नो बाल्यकालको हिरो भएको बताउँदै कलाकार सन्दीप क्षेत्रीले बलिउड अभिनेता संजय दत्तलाई रुद्राक्षको माला उपहार दिएका छन् । उनले पशुपतिनाथको रुद्राक्ष माला दत्तलाई लगाइदिए ।

सन्दीपले संजयसँगको फोटो र भिडियो सेयर गर्दै लेखेका छन्, ‘ मेरो बाल्यकालको हिरोलाई प्रत्यक्ष भेट्दै । म योभन्दा बढी के माग्न सक्छु ? साँच्चै जीवनभरको सम्झना। सधैंभरि कृतज्ञ ।’

सन्दीपको यो फयानडम मोमेन्ट निकै मर्मस्पर्शी देखिन्छ । सन्दीपले संजयलाई रुद्राक्षको माला लगाइदिँदा संजयका सहयोगी सन्दीप नेपालको ठूलो सेलिब्रेटी भएको भन्दै परिचय गराइरहेको पृष्ठभूमिमा आवाज सुनिन्छ ।

बाराही होटलले संचालनमा ल्याउन लागेको क्यासिनो उद्घाटनका लागि बलिउड स्टार विहिबार बेलुका काठमाडौंमा आएका हुन् । उनी शुक्रबार दिउँसो फर्किने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?