News Summary
Generated by OK AI. Editorially reviewed.- बलिउड स्टार संजय दत्त २४ पुसमा काठमाडौंस्थित होटल बाराहीले संचालनमा ल्याउन लागेको बादशाह क्यासिनो उद्घाटनको लागि काठमाडौं आउन लागेका छन्।
- संजय दत्तलाई क्यासिनो प्रवर्धनको लागि विशेष अतिथिको रुपमा ल्याउन लागिएको होटल स्रोतले बताएको छ।
- संजय दत्तले नेपालमा अरु कार्यक्रम नराखी सोही दिन भारत फर्किनेछन् र उनको फिल्म 'धुरन्धर' हाल नेपाली हलमा प्रदर्शन भइरहेको छ।
काठमाडौं । बलिउड स्टार संजय दत्त काठमाडौंमा आउँदैछन् । उनको नेपाल आगमन भने फिल्मको काम विशेषले होइन, एक क्यासिनो उद्घाटनको लागि हुन लागेको हो ।
२४ पुसमा काठमाडौंस्थित होटल बाराहीले संचालनमा ल्याउन लागेको बादशाह क्यासिनो उद्घाटनको लागि दत्त नेपाली राजधानीमा आउन लागेका हुन् । ‘उहाँ क्यासिनो प्रवर्धनको लागि आउन लाग्नुभएको हो’ होटल स्रोतले भन्यो, ‘उहाँलाई विशेष अतिथिको रुपमा ल्याउन लागेका हौं ।’
अभिनेता दत्त सोही दिन भारत फर्किनेछन् । ‘उहाँको नेपालमा अरु कार्यक्रम छैन । यहीँ इन्गेज गरेर फर्किनुहुनेछ’ स्रोतले भन्यो, ‘नेपालमा उहाँका फ्यान फलोइङ पनि धेरै छन् । हाम्रो होटलका अधिकांश पाहुना पनि भारतीय पर्यटक नै हुनुहुन्छ । यसकारण, पनि संजय दत्तलाई ल्याउन लागेका हौं ।’
क्यासिनोले सामाजिक सञ्जालमार्फत यसबारे पनि जानकारी दिएको छ । नेपालमा दत्तको फ्यान फलोइङ निकै उच्च छ । यतिबेला त उनी अभिनित फिल्म ‘धुरन्धर’ पनि नेपाली हलमा चलिरहेको छ ।
यसैवर्ष संजयले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालकी नातिनी स्मिताको विवाह अवसरमा शुभकामना पठाएका थिए ।
घतलाग्दो कुरा त के भने, नेपाली फिल्मसँग सञ्जयका पिता सुनिल दत्तको पनि आत्मिय सम्बन्ध जोडिएको छ । सुनिलले नेपाली फिल्म ‘माइतीघर’ मा अतिथि भूमिका निर्वाह गरेका थिए । बीएस थापा निर्देशित यही फिल्मको मूख्य भूमिकामा बलिउड अभिनेत्री माला सिन्हा थिइन् ।
प्रतिक्रिया 4