+
+
Shares

निखिल उप्रेतीको ‘आचार्य’मा संजय दत्त वा सुनिल सेट्टीमध्ये एकलाई देख्न पाइने

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १० गते २०:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • निर्देशक निखिल उप्रेतीले आगामी फिल्म ‘आचार्य’मा संजय दत्त वा सुनिल सेट्टी मध्ये एकलाई क्यामियो रोलमा देखाउने प्रयास गरिरहेका छन्।
  • उहाँले फिल्मको मुख्य भूमिकामा निखिल स्वयम र पूर्णिका सिजापति रहने बताए र भारतीय कलाकारको पनि सहभागिता रहने जानकारी दिए।
  • फिल्मको छायांकन जुलाईदेखि काठमाडौं र भारतमा हुने र लगभग सबै कलाकारलाई साइन गरिसकेको निखिलले बताए।

काठमाडौं । दर्शकले निखिल उप्रेतीको आगामी महत्वाकाङ्क्षी फिल्म ‘आचार्य’मा दुईजना बलिउड स्टार संजय दत्त र सुनिल सेट्टीमध्ये एकलाई देख्न पाउने भएका छन् ।

निर्देशक र पटकथा लेखक समेत रहेका निखिलले अनलाइनखबरसँग कुरा गर्दै संजय र सुनिलमध्ये एकलाई दर्शकले ‘क्यामियो रोल’मा देख्न पाउने जानकारी दिए । ‘यी दुईमध्ये एक फिल्ममा क्यामियो रोलमा देखिने सम्भावना छ’ उनले भने, ‘यसका लागि हामीले प्रयास गरिरहेका छौं ।’

क्यामियो रोल भएपनि फिल्मको बलियो भूमिकामा यी अभिनेता देखिने उप्रेतीले जनाए ।

यो महत्वपूर्ण कास्टिङको लागि उप्रेती अर्को साता मुम्बई जाँदैछन् । कथावस्तुको कारण यो फिल्ममा भारतीय कलाकार पनि प्रशस्तै हुने उनको भनाइ छ । फिल्मको शीर्ष भूमिकामा निखिल स्वयम र पूर्णिका सिजापति देखिँदैछिन् । व्यवसायिक मोडल समेत रहेकी पूर्णिकाले यो फिल्मबाट डेब्यु गर्दैछिन् ।

फिल्मका ९५ प्रतिशत कलाकारलाई साइन् गराइएको निखिलले बताए । ‘कलाकार लगभग सबैजसोलाई साइन गराइसकेका छौं’ उनले भने । उनका अनुसार यो एक्सन फिल्मको छायांकन जुलाईदेखि गर्ने तयारी छ । ‘यो सबै कुरा मौसममा निर्भर हुन्छ’ उनले भने ।

नेपाल र भारतमा छायांकन हुने फिल्मको छायांकन सुरुवात काठमाडौंबाट गर्ने जानकारी निखिलले दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?